Listen Live: 

भरतपुर अस्पतालले इण्डोर फार्मेसीको समय विस्तार

Radio Chitwan
मङ्लबार, चैत्र २१, २०७९

चितवन,चैत २१(

भरतपुर अस्पतालले इण्डोर फार्मेसीको समय विस्तार गरेको छ। अस्पताल फार्मेसी अन्तर्गत इण्डोर फार्मेसीको समय बिहान ७ देखि साँझ ७ बजेसम्म विस्तार गरिएको हो। यसअघि इण्डोर फार्मेसी बिहान ९ देखि ४ बजेसम्म मात्र सञ्चालन हुने गर्दथ्यो। बिरामीको सहजताका लागि फार्मेसीको समय विस्तार गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। भरतपुर अस्पतालले हाल पाँच वटा फार्मेसीहरु सञ्चालन गरेको छ। ती हुन्, स्वास्थ्य बीमा फार्मेसी, ओपिडी, इमरजेन्सी ९२४ सैँ घण्टा खुला०, निःशुल्क औषधि र इण्डोर फार्मेसी।

बिरामी तथा सेवाग्राहीहरुलाई सुलभ एवं गुणस्तरीय सेवा पुर्‍याउन भन्दै सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका जारी गरेको छ। सोही निर्देशिका अनुसार भरतपुर अस्पतालले पनि २०७४ सालदेखि आफ्नै फार्मेसी सञ्चाालन गरिरहेको छ। अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार अस्पतालहरुले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था छ।

१४ जना फर्मासिस्टबाट सुरु गरिएको फार्मेसीमा हाल २४ जना जनशक्ति छन्। बिरामीको चाप र माग अनुसार उक्त जनशक्ति पर्याप्त नभएको अस्पतालले जनाएको छ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 15, 2024
होटल व्यवसायी महासंघको साधारण सभा रत्ननगरमा हुने

रत्ननगर । होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका […]

February 13, 2024
साैराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डाेरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियाेगिता गरिएकाे छ ।फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले आयाेजना गरेकाे साे प्रतियाेगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram