Listen Live: 

गर्मी मौसमको सुरूवातसँगै सिराइचुली डाँडो उक्लिनेको संख्या पनि बढ्दै, केही वर्षदेखि स्थानीय सरकारले बाटो निर्माणको काम गर्दै

Radio Chitwan
सोमवार, चैत्र २०, २०७९

इच्छाकामना । गर्मी मौसमको सुरूवातसँगै सिराइचुली डाँडो उक्लिनेको संख्या पनि बढ्दै गएको छ । चितवन जिल्लाकै सबैभन्दा उच्च पहाड भएकोले यहाँबाट देखिने मनोरम दृश्य हेर्न र शीतलता प्राप्त गर्नका लागि मानिसहरु डाँडो उक्लिन्छन् । यही विषयलाई मध्यनजर गर्दै केही वर्षदेखि स्थानीय सरकारले बाटो निर्माणको काम गर्दै आएको छ ।
गाउँपालिकाले वडा नं–१ मा पर्ने ज्यानदाला गाउँदेखि करिब एक किलोमिटर बाटो बनाइसकेको छ । पालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार ज्यानदाला गाउँबाट चुलीको टुप्पोसम्म पुग्ने करिब आधा बाटो सिँढी लगाइसकिएको छ । ‘बाटोलाई चुलीसम्म पुर्‍याउने पालिकाको योजना छ’, उनले भने, सोहीअनुरुप चालू आर्थिक वर्षका लागि १२ लाख रूपैयाँको काम भएको छ ।’ यसपालि तीन सय मिटर बाटोमा सिँढी लगाइएको हो ।
आगन्तुकको आगमन बढ्दै गएको हुँदा भइरहेको गोरेटो बाटोलाई मर्मत गरेर यात्रा सहज बनाउने प्रयास गरिएको उनको भनाइ छ । ‘अघिल्लो स्थानीय सरकारकै पालादेखि यहाँ बाटो मर्मत गर्ने कामको सुरूवात भएको हो’, उनी भन्छन्, ‘हामीले पनि त्यसैलाई निरन्तरता दिँदै आएका छौँ ।’
बाँकी रहेको बाटो मर्मतको कामले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने उनले बताए । जिल्लाकै ऐतिहासिक क्षेत्र भएकोले यसको संरक्षणमा गाउँपालिकाले चासो दिँदै आएको उनको भनाइ छ । ‘इच्छाकामना मन्दिर, जलविरे झरना, सिराइचुली, उपरदाङगढीलगायतका स्थान गाउँपालिकाकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो’, पालिकाका अध्यक्ष गुरूङले भने, ‘त्यसैले यी प्राकृतिक सम्पदाको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व पनि हो ।’
कालिका नगरपालिकाको शक्तिखोर बजारबाट वडा नं–१० को सिद्धि हुँदै उकालो लागेपछि इच्छाकामना गाउँपालिकाको वडा नं–१ को चौकीडाँडा आइपुगिन्छ । चौकीडाँडाबाट पनि सवारीसाधनमा करिब २० मिनेट यात्रा गरेपछि ज्यानदालासम्म आइपुगिन्छ, जहाँ आएपछि मोटरबाटो टुङ्गिन्छ । डाँडोसम्मको बाटो पुर्‍याउँदा सिराइचुलीकै मह¤व घट्ने हुँदा ज्यानदालासम्म मात्रै मोटरबाटो खनेर छाडेको स्थानीय बताउँछन् ।
‘पहाडको टुप्पोमा घुम्न आउनेलाई यति त हिँडाउनै पर्‍यो नि’, स्थानीय होमबहादुर चेपाङ भन्छन्, ‘कम से कम यहाँसम्म आइपुगेपछि वरिवरिका गाउँ र वस्तुस्थितिबारे पनि बुझून् ।’ बरू डाँडो उक्लिनेहरुका लागि ज्यानदाला गाउँमा नै खानपान र बसोवासको व्यवस्था मिलाउनुपर्ने चुनौती रहेको उनी बताउँछन् । ‘हामीले गाउँमा खाने, बस्ने सुविधा दिन सकेको खण्डमा अझ राम्रो हुन्थ्यो’, उनी भन्छन्, ‘पालिकाले सघाएको खण्डमा हामी त्यो व्यवस्था मिलाउन पनि तयार छौँ ।’
ज्यानदालाकै स्थानीय सुस्मिता चेपाङ भने केही वर्षपछि आफैँ होमस्टे सञ्चालन गर्ने योजनामा छिन् । ‘अहिले पनि हाम्रो घरलाई होमस्टे भनेर आउनुहुन्छ’, उनी भन्छिन्, ‘तर पाहुना राख्ने कुनै तयारी नभएकोले राख्न सकेका छैनौँ । केही वर्षपछि होमस्टे नै चलाउने सोच बनाएका छौँ ।’ गाउँमा चेपाङको घर भए पनि चिटिक्क देखेपछि सुस्मिताकै घरलाई होमस्टे भनेर झुक्किने गरेका छन् ।
गाउँमा खानेपानीको सुविधा भइसकेको हुँदा होमस्टेका लागि पहिलेजस्तो समस्या नरहेको उनको भनाइ छ । गाउँलेको योजना पनि चेपाङ समुदायको रैथाने परिकार खुवाएर पाहुना राख्ने रहेको उनी बताउँछिन् । ‘त्यसका लागि हामीले पाहुनालाई विश्वास दिलाउन सक्नुपर्छ’, उनी भन्छिन् ।
सिराइचुलीको विकासमा गाउँपालिका मात्र नभई स्थानीयले पनि चासोका साथ हेरिनुपर्ने भरतपुरबाट घुम्न गएकी प्रेमकुमारी आले बताउँछिन् । ‘यो ठाउँको विकासमा स्थानीय सरकारले मात्रै विकास गरेर हुँदैन । त्यसको संरक्षणमा यहीँका स्थानीयको भूमिका प्रमुख हुन्छ’, उनी भन्छन्, ‘अहिले बाटो बनाउँदै रहेछन्, अब यसको संरक्षण त स्थानीयले नै गर्नुपर्छ ।’ चिसो वातावरण र सबैभन्दा अग्लो ठाउँमा भएको हुँदा यहाँ आउँदा बजारको कोलाहल र गर्मीबाट मुक्ति पाएको उनले बताइन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram