कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानका युवा संयोजक शम्भु थापाले उम्मेदवारी नदिने

चितवन,चैत २०(
चितवन–२ मा दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानका युवा संयोजक शम्भु थापाले उम्मेदवारी नदिने भएका छन् । आइतबारमात्रै चितवन–२ मा उम्मेदवारी दिने घोषणा गरेका थापाले मनोनयनका दिनमा भने उम्मेदवार नहुने बताए । उनले भने, “नागरिक बचाउ आन्दोलनलाई निरन्तरता दिन धेरैले सुझाए, बैंक तथा वित्तिय संस्थाका कारण समस्यामा परेकालाई न्याय दिने अभियानको आन्दोलन नछोड्न दबाबहरु आए, म उम्मेदवार नहुने भएँ ।”
उनले काठ्माण्डौमा पत्रकार सम्मेलन गर्दै लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बन्ने घोषणा गरेका थिए । दुर्गा प्रसाईको नागरिक बचाउन महाअभियान र हाम्रो नेपाली पार्टी मिलेर ३ वटै क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका थिए । प्रसाईले टिकट र चुनाव चिन्ह लौरो थमाएका थिए ।
“उम्मेदवार बन्दै भोट माग्न जानुभन्दा आर्थिक समस्यामा परेका नागरिक बचाउन लाग्नु महत्वपूर्ण हुनेछ”, उनले भने, “उम्मेदवारी दर्ता नगर्ने निर्णयमा पुगेँ, चितवन–२ का अन्य सबै प्रतिस्पर्धिहरुलाई शुभकामना छ ।” उनले संसद भवनमा कालो झण्डा देखाउँदै नागरिकका समस्या समाधान गराउने घोषणा गरेका थिए । कालोमोसो अभियानको संयोजक थापा पछिल्लो समय एक साता प्रहरी हिरासतमा परेका थिए । लघुवित्तको ज्यादती विरुद्धकै अभियानमा लागिरहने भन्दै चुनावी दौडमा नहुने बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]