Listen Live: 

विक्रमबाबा मेलामा हरेक दिनजसो भक्तजनको घुइँचो

Radio Chitwan
सोमवार, चैत्र २०, २०७९

कसरा । विक्रमबाबा मेलामा हरेक दिनजसो भक्तजनको घुइँचो लागेको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा चैत ७ गते मंगलबार पूजा गरेपछि मेला सुरू भएको हो । मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ ।

हरेक वर्ष चैते दसैँमा मनाइने मेलाका क्रममा राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले गर्न थालेको केरूङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेल बताउँछन् ।

सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने प्रचलन छ । तर, विक्रमबाबाको पूजा गर्न आउनेहरुमा भने बर्सेनि आधुनिकता थपिँदै आएको उनी बताउँछन् । सुरूका दिनहरुमा जंगली हात्तीको त्रास देखिए पनि मेलामा उल्लेखनीय भक्तजनहरुको उपस्थिति रहेको उनले बताए । यसवर्ष अन्तसम्ममा चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको उनले बताए ।

उनका अनुसार पहिले पहिले घरबाट पूरै सेता कपडा लगाउँदै खाली खुट्टा हिँडेर विक्रमबाबा आउँदै राप्ती नदीमा स्नान गरेर पूजापाठ गर्ने चलन थियो । तर, अहिले त्यस्तो छैन । भक्तजनहरु घरमै नुहाएर आफूअनुकूल कपडा लगाएर आउँदा झिलिमिली देखिन्छ विक्रमबाबा अहिले ।

पूजा गर्ने शैली र पूजा सामग्रीमा भने खासै परिवर्तन नभएको केरूङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलले बताए । ‘विक्रमबाबाको हिजो पनि रुखको फेदमै पूजा हुन्थ्यो र आज पनि त्यसरी नै भइरहेको छ’, उनी भन्छन्, ‘हिजो पनि बोका र परेवा नै बलि चढाइन्थ्यो, आज पनि त्यही चलन छ । यसमा खासै फरक छैन ।’

विक्रमबाबामा बलि चढाए पनि विक्रमबाबाआसपासमा भने खानपात, भोजभतेर त्यस्तो कुनै हुँदैन । खानपान, भोजभतेर जे गरे पनि घैलाघारीतर्फको खाली चौरमा ल्याएर गर्नुपर्ने चलन छ । निकुञ्ज क्षेत्र भएकोले जंगली जनावरको डर बढी नै हुने हुँदा राप्ती पारि ९जगतपुरतर्फको चौर०मा ल्याएरमात्रै खानपान गर्न मिल्ने चलन बसालेको भरतपुर महानगर वडा नं–२३ का वडाध्यक्ष दीपक दवाडी बताउँछन् ।

विक्रमबाबाको दर्शन गरे सन्तान नहुनेका लागि सन्तान प्राप्त हुने जनविश्वास छ । यहाँ सानो समीको बुटामुनि सामान्य थान छ । त्यसबाहेकका कुनै पनि संरचना छैन । जहाँ रुख छ त्यसैको फेदमा पातपतिङ्गर पन्छाएर पूजा गर्दै आएका छन्, भक्तजनहरु । विक्रमबाबा आइसकेपछि एकसाथ पूजा गर्न धेरै भीड हुने हुँदा थानको नजिकै आएर सबैले रुखको फेदमा पूजा गर्ने पुरानै चलन छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram