कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नारायणी नदी तटबन्धसँगै भरतपुर महानगर क्षेत्रको नारायणी नदी किनारमा रिभर बिचको योजना सुरु

चितवन। नारायणी नदी तटबन्धसँगै भरतपुर महानगर क्षेत्रको नारायणी नदी किनारमा रिभर बिचको योजना सुरु गरिएको छ।
नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख गणेश मरासिनीका अनुसार नदी नियन्त्रण गर्न साढे तीन अर्ब रुपियाँभन्दा बढीको टेन्डर भइसकेको छ। चितवनतर्फ १६ किलोमिटर र पूर्वी नवलपरासीको नवलपुरतर्फ २१ किलोमिटर क्षेत्रमा नदी नियन्त्रणसहितको आकर्षक योजनाका लागि २३ अर्ब ५८ करोड ४३ लाख ७० हजार २३७ रुपियाँ लाग्ने आकलन गरिएको थियो।
आव २०७७/७८ को दररेटमा तय भएको यो बजेट अनुमान मात्र हो। जनताको तटबन्धका नाममा यस क्षेत्रमा २०६६/६७ सालदेखि काम जारी थियो। जालीमा ढुङ्गा भर्ने र नदीको धार फर्काउने अस्थायी प्रकृतिको काम भइरहेको थियो। आयोजना प्रमुख मरासिनीका अनुसार वर्षामा नदीले छोपे पनि हिउँदमा संरचना जस्ताको तस्तै हुने गरी बनाइनेछ।
चालु आवमा परियोजनाको नवलपुरतर्फ एक अर्ब र चितवनतर्फ साढे दुई अर्ब गरी साढे तीन अर्ब रुपियाँमा ठेक्का सम्झौता गरी काम अगाडि बढेको छ। सुरुमा निकुञ्जले काम अवरोध गरेका कारण यो वर्ष २० प्रतिशत मात्र काम सम्पन्न हुने अवस्था छ। नदीको जोखिम क्षेत्रमा सुरु भएको काम आउँदो वर्षाअगाडि नै सक्ने गरी भइरहेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार नदी बहाव क्षेत्रको काम गर्ने निर्माण कम्पनीलाई सोही आधारमा निर्देशन दिइएको छ।
महानगरप्रमुख दाहाल भरतपुरलाई आउँदो पाँच वर्षभित्र दक्षिण एसियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने योजनाअन्तर्गत काम अगाडि बढाइएको दाबी गर्नुहुन्छ।
आउँदो २०८० साललाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउने योजनामा रहेको महानगरले सडकलगायतका पूर्वाधार निर्माणसँगै यसको सौन्दर्यीकरणको कामसमेत अगाडि बढाउन सुरु गरेको महानगरप्रमुख दाहालको भनाइ छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]