Listen Live: 

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै

Radio Chitwan
सोमवार, चैत्र २०, २०७९

चितवन, चैत २०–

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजे देखि ४ बजेसम्म ठूला दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का विहान १० बजे, नेपाली कांग्रेसका लागि दिनको २ बजे, नेकपा का लागि ३ बजे र राप्रपाका लागि ४ बजे समय तोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोकेसँगै मनोनयनका लागि दलहरुले आ–आफ्नो तयारी थालेका छन् । यस क्षेत्रको उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जिवलाल पुरीले उम्मेदवारी दर्ताको तयारी थालेका हुन्।

रास्वपाका केन्द्रीय सभापति लामिछानेले बिहान १० बजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आफ्नो उम्मेदवारी दर्ता गरेसँगै तनहुँमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाले चाँडै दर्ता गर्न लागिएको उनका निजी सचिव प्रकाश सिग्देलले बताए।

कांग्रेसले उम्मेदवारी दर्ता गर्नका लागि दिनको १ बजे चौबिसकोठीमा भेला हुन आह्वान गरेको छ । मनोनयन दर्ताका क्रममा कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डिना० चितवन आउने कार्यक्रम रहेको छ । भेलामा नेताले सम्बोधन गरेपछि जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए।

एमालेका उमेदवार न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्दै छन्। उमेदवारी दर्ता गर्नुअघि जिल्ला पार्टी कार्यालयमा भेला भएर जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, राप्रपाका उमेदवार ल पुरीले ४ बजे उमेदवारी दर्ता गर्दै छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकैचोटी सबै दलका उमेदवार पुगेर भीडभाड नहोस् भनेर दललाई छुट्टाछुट्टै समय दिइएको हो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय अध्यक्ष लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

आन्य समाचारहरु:-
September 30, 2024
कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]

September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

September 28, 2024
चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram