Listen Live: 

एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु

Radio Chitwan
सोमवार, चैत्र २०, २०७९

चितवन, चैत २०

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो । ट्याङ्करमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो । ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram