चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु
चितवन, चैत १९
जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो ।
“दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था जानु भएको रहेछ । तर सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी हुँदा उनको मृत्यु भयो”, उहाँले भन्नुभयो । घटनास्थल पुगेका स्वास्थ्यकर्मीलाई उदृत गर्दै लामाले ती महिलाको पाठेघर बाहिर निस्किएर उच्च रक्तस्रावका कारण मृत्यु भएको बताउनुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले शालनाल जबरर्जस्ती निकाल्न खोज्दा उनको मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो “शुक्रबारदेखि सुत्केरी व्यथा लागेकी चेपाङको घरमै शिशुको जन्म भएको तर शालनाल निकाल्ने क्रममा जबरर्जस्ती गरेका कारण पाठेघर बाहिर निस्किएर मृत्यु भएको त्यहाँ पुगेका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।”
यसअघि दुई सन्तानलाई जन्म दिएकी चेपाङको यो तेस्रो बच्चा हो । शिशुको स्वास्थ्य अवस्था भने राम्रो रहेको उहाँले बताउनुभयो । विकट पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट निकै पछाडि छन् ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]