Listen Live: 

माडी नगरपालिका–६ का किसान दामोदर देवकोटा व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुँदै

Radio Chitwan
आइतवार, चैत्र १९, २०७९

चितवन, चैत १९(

माडी नगरपालिका–६ का किसान दामोदर देवकोटा व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुँदै गएका छन् ।

१० घारबाट मौरीपालन सुरु गरेका उनको अहिले ५६० घार मौरी रहेका छन् । वार्षिक एक घारमा २५ देखि ३० किलोसम्म मह उत्पादन हुने गरेको देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । माडीको स्याउलीबासमा उनले चार जना कर्मचारी राखेर मौरीपालन गरेका छन् । उनले मह बेचेर मासिक ४० हजार रुपैयाँ सम्पूर्ण खर्च कटाएर बचत गर्ने गरेका छन् । महमात्र होइन उनले मौरी पनि बेच्ने गरेका छन् । पाँच फ्रेम मौरी बेच्दा १० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् तर यो बर्खा याममा धेरै हुने गरेको छ ।

विगत ८ वर्ष देखि मौरीपालन गर्दे आएका उनकोे घर भरतपुर महानगर–११ म भएता पनि माडी नगरपालिका–६ को स्याउलीबासमा मौरीपालन गर्दे आएका छन् । उनी मिराकल गार्डेनका प्रमुखसमेत हुन् । १३ कठ्ठामा रहेको मिराकल गार्डेन भित्र उनले मौरी पाल्दै आएका छन् । एक किलो महको मूल्य ७०० देखि एक हजार रहेको उनले बताए । उनले पाल्ने गरेको मौरी मेरीफेरा जातको रहेको बताए ।

उनले यो वर्षमा मात्रै ३ क्विन्टल मह उत्पादन गरेको बताए । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । महसँगै मौरी पनि बेच्दै आएको उनले जानकारी दिए । उनले मौरी बेच्न टेन्डर प्रणालीबाट बेच्ने बताए । उनले भने, ‘मौरी बेच्ने समयमा बोलपत्र खुलाउँछौँ, कृषि कार्यालहरुले किसानलाई मौरी बाड्दा मिराकल गार्डेनबाट मौरी लाने गर्दछन् ।’ उनले खाद्य गुणको लाइसेन्स प्राप्त गरी विभिन्न ठाउँमा उत्पादित मह प्याकिङ गरेर काठमाडौँ, पोखरा बजारसम्म पु¥याउँदै आएको बताए ।

एक वर्षमा ५ पटकसम्म मह काड्ने गरिन्छ । उनले मौरीपालन सहज, सरल र स्वतन्त्र पेसा भएको बताए । यस पेसाका लागि धेरै जग्गा र लगानीको अवश्यकता नपर्ने उनको भनाइ छ । उनले भने, ‘मौरीलाई दिनहुँ हेरचाह गर्नु पर्दैन, १५–१५ दिनमा हेरचाह गर्छौ ।’ बर्खायामको समयमा बढी हेरचाह गर्नुपर्ने हुन्छ । उनले मौरीपालनको लागि माडीको हावापानी राम्रो भएको बताए । उनले भने, ‘माडी जंगलले घेरिएको पर्यावरणीय वातावरण भएको ठाउँ हो, मोरीपालनको लागि धेरै सम्भावना छ ।’ उनले माडीका किसानलाई मौरीपालन व्यवसाय नछाड्न, निरन्तरता दिन आग्रह गरे । उनले आफू मौरीपालन व्यवसायबाट सन्तुष्ट रहेको बताए । उनले आफूलाई पृथक खालको मान्छे भन्न रुचाउँछन् । उनले भने, ‘मेरो जीवनको अन्तिम प्राण भनेकै मेरो मौरी हो, म मौरी कहिलै छोड्दिन, मेरो दहासंस्कार गर्ने बेलामा दुई घार मौरीसँगै राख्दिन मेरो परिवारलाई आग्रह गरेको छु ।’ उनले आफ्नो शरीरमा मौरी लिएर बस्दा, मौरीसँग कामगर्दै जाँदा छुट्टै किसिमको प्रेरणा मिल्ने बताए ।

उनले एकपटक मौरी चराउँन लैजादा २०० देखि २५० सम्म मौरीको घार चराउन लैजाने गरेका छन् । चराउनको लागि निकुञ्जको छेउछाउमा, दाङ, प्युठान, रम्तेस, राक्सिराङ, सर्लाहीलगायत ठाँउमा लाने गरेको उनले जानकारी दिए । उनले मौरी र महसँग सम्बन्धित रही विभिन्न व्यवसायिक तालिम पनि दिँदै आएका छन् । उनले भने, ‘मैले मौरी, महसँग सम्बन्धित रही विभिन्न तालिम दिएको छु, मसँग अन्तर्राष्ट्रिय व्यक्तिहरु तालिम लिन आउनु भएको छ ।’ उनले ८ वर्ष अगाडि माडीमा मौरीपालन गर्ने किसान कोही नभएको बताए । उनले आफू माडी गएपछि मात्र अन्य किसानले मौरीपालन गर्न थालेको बताए । पहिला निराशा थियो आशा दिलाउनको लागि मौरीपालन व्यवसाय गर्दै आएको उनको भनाइ छ । अहिले माडीमा बाटिका मौरीपालन, सोमेस्वर मौरीपालन फार्मलगायत रहेको उनको भनाइ छ । एक घारबाट वर्षमा ४ घार बनाउन सकिने उनले अनुभव सुनाए ।

उनले भने,’ वैज्ञानिक अल्वर्ट आइन्सटाइनका अनुसार मौरी पृथ्वीबाट लोप भएर जाने हो भने मानव समुदायको अस्तित्व रहँदैन ।’ तसर्थ मौरी, मानव र प्रकृतिबीच अनुपम सम्बन्ध छ ।’ उनले मौरीपालन व्यवसायबाट आर्थिक आयआर्जन हुनुका साथै मौरी जस्तै मेहनती हुने पाठ सिकाउँने बताए । निरन्तर मौरीपालनमा लागेका देवकोटाको जीवन संघर्ष कृषि क्षेत्रमा निराश भएका युवाहरुको लागि प्रेरणा बन्ने गरेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram