कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेपाली कांग्रेसले चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा

चितवन,चैत १९(
नेपाली कांग्रेसले चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ । उपचुनावलाई लक्षित गरेर पार्टीले कारबाही फुकुवा गरेको हो । यस्तै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पनि कारवाही फुकुवा गरिएको छ । तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालालाई पार्टीले कारवाही गरको थियो। ७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला त्यसताका पार्टी सभापतिसमेत थिए ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट जोशी र कोइरालाको कारबाही फुकुवा भएको हो । संयोग नै मान्नुपर्छ तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका जोशीको एकैसाथ कारबाही फुकुवा भएको छ । कोइरालाको निधन भइसकेको छ भने पौडेल राष्ट्रपति बनेर कांग्रेसबाट अलग भइसकेका छन् ।
विकासको कारबाही फुकुवाका लागि जिल्लाबाटै सिफारिस भएको थियो । उनी गत महाधिवेशनमै कारबाही फुकुवाको लाइनमा थिए । तर, विकासको कारबाही सकिँदा उनी अघि बढ्ने भएपछि जिल्लाकै नेताहरूले रोकेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]