Listen Live: 

जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु

Radio Chitwan
आइतवार, चैत्र १९, २०७९

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो ।
एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटनमार्गको शुभारम्भ भएसँगै देवचुली–१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारीको थालिएको छ ।
बाह्य तथा आन्तरिक पर्यटकले चितवनको सौराहा पुगेर हात्ती सफारी वा जिप सफारी गरेर निकुञ्जको जङ्गल पसेपछि गैँडासँगै विभिन्न वन्यजन्तुको अवलोकन गर्ने गरेका थिए ।
होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिको पहलमा दुई गाडीको प्रयोग गरेर यही चैत १७ गतेदेखि यस क्षेत्रभित्र औपचारिकरूपमा जङ्गल सफारीको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरको जङ्गलको मध्यभागमा सुरु भएको जङ्गल सफारी वन्यजन्तु पारखीका लागि महत्वपूर्ण सावित हुने जङ्गल पर्यटनमार्ग निर्माण समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष धिताल बताउछन् ।
जङ्गल सफारीका क्रममा तीन घण्टाको समयमा १४ वटासम्म एकसिङ्गे गैँडा फेला परेका देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए । पिप्रहर होमस्टे नजिकै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश गरिने यो रुट भएर जङ्गल सफारी गर्दा धेरैको सङ्ख्यामा एकसिङ्गे गैँडामात्रै होइन दुर्लभ प्रजातिको पाटेबाघ, भालु तथा धेरै सङ्ख्यामा चराचुरुङ्गीको अवलोकन गर्न पाइने भएकाले जङ्गल सफारी गर्नेका लागि यो मार्ग निकै महत्वपूर्ण हुने होमस्टे होटल तथा पर्यटन व्यवसायी समितिका अध्यक्ष प्लटप्रसाद चौधरी बताउछन् । वन्यजन्तु अवलोकनका लागि अब नवलपुर र त्यसमा पनि नवलपुरको पिप्रहर नयाँ र महत्वपूर्ण गन्तव्य बन्ने तथा यसले सिङ्गो नवलपुरको पर्यटन तथा आर्थिक गतिविधिलाई माथि उठाउने उनको भनाइ छ ।
पहिलो दिनकै सफारीमा १४ सम्म गैँडा देखिएपछि उत्साहित भएका यस क्षेत्रका पर्यटन व्यवसायी सफारीमा प्रयोग गरिने जिपको सङ्ख्या बढाउने तयारीमा जुटेका छन् । अहिले भएको दुईवटा जिप यस क्षेत्रका होमस्टे सञ्चालक र पर्यापर्यटनसँग जोडिएका होटलहरूले सामूहिकरूपमा खरिद गरेर सञ्चालन गरेका छन् । जिप खरिदमात्रै होइन सफारीबाट आएको आम्दानीसमेत समितिमार्फत लगानीका आधारमा व्यवसायीलाई बाँडिने गरेर सामूहिक अवधारणामा जङ्गल सफारीको सुरुआत गरिएको पर्यटन व्यवसायी सन्तोष धितालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गको नारायणघाटबाट करिब ३० किलोमिटर पश्चिम यात्रा गरेपछि रजहर बजारबाट दक्षिणतर्फ करिब एक दशमलव पाँच किलोमिटर यात्रा पिप्रहर पुगिन्छ । यहाँ घुम्न आउने पर्यटकका लागि बास बस्नका लागि सामुदायिकरूपमा स्थापना गरिएको २२ होमस्टे सञ्चालनमा छन् भने साना र ठूला गरेर यस क्षेत्रमा डेढ दर्जन बढी राम्रा होटल सञ्चालनमा आएका छन् ।
गैँडालगायतका वन्यजन्तु अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेसँगै रहेको निकुञ्जको कुजौली पोस्टबाट प्रवेश दिने गरिएको छ । नेपालकै दोस्रो लामो जङ्गल सफारीको मार्ग दाबी गरिएको यस क्षेत्रबाट करिब ५५ किलोमिटर लामो जङ्गलको यात्रा गर्दा धेरै सङ्ख्यामा गैँडासहितका वन्यजन्तु देखिने भएकाले पनि गैँडासहितका वन्यजन्तु अवलोकनका लागि पिप्रहर नयाँ गन्तव्यको रुपमा विकास भएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram