कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
आगामी बैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदै, मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

चितवन, चैत १८–
आगामी बैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला अदालत चितवनको प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत बासुदेव न्यौपाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उमेद्वारहरुले उमेद्वारी मनोनयन दर्ता गर्न सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘२० गते मनोनयन दर्ता गर्ने सन्दर्भमा रहेका छौं । २३ गते मनोनयन दर्ता टुङ्गाएर वैशाख १० गते निर्वाचन गर्ने तयारीमा छौं ।’
न्यौपानेले निर्वाचनलाई धाधलिरहित बनाउने प्रतिवद्धता जनाउनुभयो । ‘यो चुनावमा जुन प्रतिनिधि जनताले चुन्छन् त्यो चुन्ने क्रम प्रकृया निश्पक्ष हुनुपर्छ । धाललिरहित हुनुपर्छ । विश्वसनिय हुनुपर्छ भन्ने मुल मान्यता छ । त्यही सन्दर्भमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपनिर्वाचन निश्पक्ष, स्वच्छ धाधलिरहित, विश्सनीय बनाउने छ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो । विगतमा जसरी निर्वाचनको प्रकृयामा जनताको सहयोग रहने अपेक्षा न्यौपानेले राख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले चितवन क्षेत्र नम्बर २ मा ४८० जना नयाँ मतदाता थपिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गएको निर्वाचनमा एक लाख २४ हजार २१५ मतदाता थिए, अहिले ४८० जना थिपिएका छन् ।’ मतदान स्थल ४३ र मतदान केन्द्र १३८ वटा रहेको कार्कीले बताउनुभयो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

