सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
रामपुर कृषि क्याम्पस खैरहनीमा नेविसंघद्वारा आगजनी र तोडफोड

चितवन, चैत १८–
चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसमा शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भयो । विवादको बीचमा भएको निर्वाचनमा अखिल संयुक्त प्यानल विजयी भयो । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ निर्वाचनमा सहभागि भएन । क्याम्पस प्रशासन र प्रहरी प्रशासन मिलेर एकलौटी ढंगबाट निर्वाचन गरिएको नेविसंघले आरोप लगाएको छ । सहमति बिना एकलौटी चुनाव गर्न लागेको भन्दै विरोध गर्दा आफ्ना विद्यार्थी नेता कुटिएको नेविसंघ चितवनका सभापति राजेश भुषालले बताए । विद्यार्थी नेताहरुलाई निर्ममतापूर्वक कुटपिट गरी हतकडी लगाएर हिरासतमा राखिएको भन्दै सभापति भुषालले बिरोध जनाए । उनले शुक्रबार साँझ नै एक विज्ञप्ती जारी गरी सो कलेजमा तत्कालै स्ववियू निर्वाचन स्थगित गरी हिरासतमा लिईएका विद्यार्थी नेताहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ–‘अन्यथा यसबाट सिर्जित हुन सक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वंम क्याम्पस प्रशासन र प्रहरी प्रशासनले लिनुपर्ने चेतावनी दिन्छौं ।’
नेविसंघका अनुसार क्याम्पस इकाई सभापति आशिष देवकोटा र निवर्तमान इकाई सभापति सुरज यादव घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रबार गरिएको निर्वाचनमा १२० जनाले मात्रै मतदान गरेका थिए । कलेजमा कुल २४१ जना मतदाता छन् । वर्तमान क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्य प्रसाद शर्माले एकलौटी रुपमा चुनाव गराएको नेविसंघले आरोप लगाएको छ । यस क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा ९माओवादी केन्द्र० निकट अखिल क्रान्तिकारी मिलेर अखिल संयुक्तको रुपमा निर्वाचन लडेका थिए ।
निर्वाचन अधिकृत सूर्य प्रसाद शर्माले भने नेविसंघले लगाएको आरोप झुटो भएको बताएका छन् । उनले नारायणी अनलाइनसंग कुरा गर्दै भने, पाँच गते गर्ने भनेको चुनाव नेविसंघले चार गते साँझ कलेजमा तालाबन्दी गरेका कारण रोकियो । त्यो समयसम्म कुनैपनि बिबाद थिएन । सबै संगठनले आचारसंहितमा समेत हस्ताक्षेर गरेका छन् । आचारसंहित लागु भएपछि ताला लगाउन पाइदैन । पाँच गते हुने भएको मतदानका दिन पनि वार्तामा बोलायौं । पाँच गते उहाँहरुकै कारण चुनाव रोकियो । नेविसंघका विद्यार्थीहरुले ताला लगाएर सम्पर्कमा नआएपछि हामीले ८ गतेका लागि मतदानको समय तोक्यौं,उनले भने,सोही दिनपनि चुनाव हुन नसकेपछि सर्वदलिय बैठक गरेर १७ गते चुनाव गर्ने सहमती भयो । उनले सो सहमतीमा सबै दलका प्रतिनिधिको उपस्थिति रहेको र माइनटमा उनिहरुको हस्ताक्षर रहेको बताए । १७ गते उनिहरुले नै प्रस्ताव गरेको मिति हो । १६ गते नेविसंघले ताला लगाएको भन्दै उनले प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाएपछि निर्वाचन गराएको बताए । उनले निर्वाचनमा नेविसंघका विद्यार्थीको पनि सहभागिता रहेको भन्दै नेविसंघ निकट विद्यार्थीले मतपत्र च्यात्न खोज्दा प्रहरीसंग धकेलाधकेल भएको र घाइते भएको बताए ।
नेविसंघका उम्मेदवारको शून्य भोट
निर्वाचनमा नेविसंघबाट सभापतिका उम्मेदवार आशिष देवकोटाको शून्य मत प्राप्त भयो । अखिल संयुक्तका उम्मेदवार बनेका दिवस पौडेल ११९ मत प्राप्त गरे । उनैलाई निर्वाचन समितिले विजयी घोषणा गर्यो । सचिवमा उम्मेदवारी दिएका नेविसंघका विवेक अर्यालको १, कोषाध्यक्षका उम्मेदवार समिक्षा बस्नेतको ५ मत प्राप्त भएको निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम उल्लेख छ । सदस्यमा उम्मेदवारी दिएका ५ जना मध्ये एक जनाको शून्य र अर्का ४ जनाले समान १ भोट मात्र प्राप्त गरे ।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]