कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंको प्राविधिक र भूगर्भबिद्को टोलीले शनिवार निकुञ्जभित्र साथै हनुमानझुला पुगेर वातावरणीय प्रभाव मुल्यांकन अन्तरगत ट्रयाक सर्भेको काम सुरु गरेको हो । ट्रयाक सर्भे टोलीमा सडक विभागका ईञ्जिनियर प्रविण थापा र भूगर्भविद् सुनिल लम्साल लगायत रहेका छन् ।
टोलीले ध्रुबघाटदेखि बनकट्टा र बगहीबाट कुसुमखोला हनुमानझुला हुँदै ठोरी निकाल्नेगरी हुलाकी सडक निर्माणको ट्रयाक सर्भे गरेको हो ।
ध्रुबघाटबाट देउरालीसम्म जनावरहरु वारपार गर्न मिल्ने अण्डरपास तथा देउरालीबाट बनकट्टासम्म २ स्थानमा अण्डरपास बनाउने गरी ट्रयाक सर्भे सुरु भएको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।
निकुञ्जभित्र कालोपत्रे सडक बनाउन ई.आई.ए. गर्नुको बिकल्प नरहेको भन्दै उहाँले ध्रुबघाटमा पुल निर्माण नहुँदासम्म हालका चालू सुबिधाप्राप्त बाटो धुलोरहित बनाउने पहल भने निरन्तर नै रहेको पनि बताउनुभयो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

