Listen Live: 

पथलैया सडकमा नेपालमै पहिलोपटक नयाँ प्रकारको वन्यजन्तु मैत्री फ्लाइओभर निर्माण गरिने

Radio Chitwan
शुक्रबार, चैत्र १७, २०७९

चितवन,चैत १७(

नारायणगढ(पथलैया सडकमा नेपालमै पहिलोपटक नयाँ प्रकारको वन्यजन्तु मैत्री फ्लाइओभर निर्माण गरिने भएको छ। सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय एसियाली विकास बैंक का आयोजना उपप्रमुख राकेश महर्जनका अनुसार यो प्रकारको वन्यजन्तु मैत्री ओभरहेड ब्रिज नेपालकै पहिलो हो। उनका अनुसार अहिलेसम्म आयोजना लगभग २ वटा ओभरहेड ब्रिज निर्माण गर्ने योजनामा रहेको छ। आयोजनाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा गरी दुई वटा ओभरहेड ब्रिज निर्माण गर्ने योजना बनाएको उनले बताए।

वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन यसअघिका अन्य सडक आयोजनाहरुमा साना र ठूला अन्डरपास निर्माण हुने गरेको छ। तर यो आयोजनामा भने जंगल नमासिकन त्यहीँ माथिबाट सडक बन्नेछ। वन्यजन्तुको बासस्थान तथा जैविक मार्गमा बन्ने पूर्वाधार वन्यजन्तुमैत्री बनाउनका लागि सरकारले निर्देशिका समेत लागु गरेको कारण यसरी निकुञ्ज क्षेत्रमा सडकहरु निर्माण गर्दा यस्ता फ्लाइओभर राम्रो हुने महर्जन बताउँछन्।

‘अहिलेसम्म वन्यजन्तुमैत्री ओभरहेड ब्रिज बनेको छैन,’ उनले भने, ‘प्राय सबै सडक निकुञ्ज क्षेत्रको बीचबाट रुखहरु काटेर निर्माण भएका छन्। तर, यो सडकमा भने निकुञ्ज क्षेत्रमा ओभरहेड ब्रिज निर्माण हुन्छ।’ अहिले यसबारेमा निकुञ्ज र स्थानीयसँग छलफल भइरहेको महर्जनले बताए। निकुञ्ज र स्थानीयले कति लामो ओभरहेड ब्रिज निर्माण गर्ने भन्ने बारेमा निश्चित गर्न माग गरेको उनको भनाइ छ।

निर्देशिका अनुसार वन्यजन्तुमैत्री संरचना भन्नाले भायडक्ट, पुल, फ्लाइओभर, कल्भर्ट वा यस्तै प्रकृतिका पूर्वाधारको मुनिबाट वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने अण्डरपास संरचना र भिलेज रोड ब्रिज, इको ब्रिज, क्यानोपी ब्रिज वा यस्तै प्रकृतिका पूर्वाधारको माथिबाट वन्यजन्तु ओहोरदोहोर गर्ने ओभरपास संरचनालाई बुझिन्छ। त्यसैले यस आयोजनामा फ्लाइओभरको लागि डिजाइन गर्न लागिएको महर्जनको भनाइ छ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram