Listen Live: 

बागमतीको साझेदारीमा दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुने

Radio Chitwan
शुक्रबार, चैत्र १७, २०७९

चितवन, चैत १७–

प्रज्ञा स्मृति प्रतिष्ठान तथा प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुने भएको छ ।

भोलि शनिबार भरतपुरस्थित पिसजोन स्कुल गौरीगञ्ज–८ मा म्याराथन हुन लागेको हो । कार्यक्रम विहान ७ बजे हुँदैछ । कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जमरकट्टेलले समुद्घाटन गर्ने कार्यक्रम तय भएको प्रज्ञा स्मृति प्रतिष्ठानकी सदस्य एवं निर्देशक गंगा दाहालले जानकारी दिइन् । उनले प्रतियोगितामा सहभागिता जनाउन सबैमा अनुरोध गरेकी छन् ।

यस प्रतियोगितामा इलाइट महिला र पुरुष, मास्टर पुरुष, जुनियर महिला र पुरुष, चितवन विशेष महिला र पुरुष गरी चार वटा क्याटेगोरीमा हुनेछ । इलाइट क्याटेगोरीमा प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै मास्टर क्याटेगोरीका विजेताहरुले ३०, २५ र १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । जुनियर महिला र पुरुष क्याटेगोरीका विजेताहरुले क्रमशः १५, १२ र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै चितवन विशेष महिला र पुरुष क्याटेगोरीले क्रमशः ३०, २० र १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यस प्रतियोगिता ६५ किलोमिटर दुरीको रहने छ । पिसजोन स्कुलबाट सुरु हुने म्याराथन सोही स्कुलमा पुगेर समापन हुनेछ । यसअघि पहिलो सँस्करण नारायणगढस्थित रिङरोड सडक खण्डमा भएको थियो । स्वस्थ समाज, स्वच्छ वातावरणका लागि साइक्लिङ भन्ने मुल नाराका साथ यो प्रतियोगिता हुन लागेको हो । स्वर्गीय प्रकाश दाहाल र ज्ञानु दाहाल केसीको स्मृतिमा यो प्रतिष्ठान बनाईएको हो । यस प्रतिष्ठानले खेलकुदलगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

आन्य समाचारहरु:-
February 25, 2024
नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने

भरतपुर,फागुन १३- तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम […]

February 24, 2024
भरतपुर भ्रमण बर्षको तयारी तीब्रः प्रधानमन्त्रीले उद्घाटन गर्ने,सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण

भरतपुर,फागुन १२- भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका […]

February 24, 2024
प्रधानमन्त्रीद्वारा देशकै लामाे झाेलुङ्गे पुलकाे उद्घाटन

धनुषा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमला नदीमा निर्माण भएको देशकै लामो झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । सिरहाको सिरहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने एक […]

February 24, 2024
रत्ननगरमा विद्यालयकाे हाेस्टेलमा छात्राले गरिन आत्महत्या

रत्ननगर, फागुन १२ । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक विद्यालयकाे हाेस्टेलमा शनिबार एक छात्राले आत्महत्या गरेकी छन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram