Listen Live: 

साफ यु–१७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई चितवन जिल्ला फुटबल संघले गरे स्वागत

Radio Chitwan
शुक्रबार, चैत्र १७, २०७९

चितवन, चैत १७–

बंगलादेशमा सम्पन्न साफ यु–१७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई चितवन जिल्ला फुटबल संघले स्वागत गरेको छ ।
संघले नेपाली टोलीमा रहेका चितवनका दुई र बाराका एक खेलाडीलाई बिहीबार साँझ स्वागत गरेको हो । संघले प्रतियोगितामा सहभागी भएर गृह जिल्ला फर्किएकी गोलरक्षक सुजाता तामाङ र सुशीला भुजेललाई स्वागत गरेको हो ।

यस्तै सोही टोलीकी अर्की गोलरक्षक बाराकी करुणा बुढाथोकीलाई पनि संघले चितवनमा स्वागत गरेको छ । उनीहरुलाई संघका अध्यक्ष श्रीकृष्ण कार्की, उपाध्यक्ष विजय घले, महासचिव रामहरि ढकाल तथा संघ पदाधिकारी र सदस्यहरुले स्वागत गरे ।

सुजाता प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भएकी थिईन् । उनी लगातर दुई पटक साफमा नेपालको उमेर समूहको टोलीबाट उत्कृष्ट गोलकिप्पर घोषित भएकी हुन् । यसअघि बंगलादेशमा नै सम्पन्न महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले उपाधि जित्दा पनि सुजाता उत्कृष्ट गोलकिपर बनेकी थिईन् ।

संघका अध्यक्ष कार्कीले सुजता र सुशीलाले चितवनसँगै देशकै शिर उच्च पारेको बताउनुभयो । कार्कीले खेलाडीद्धयलाई आगामी दिनमा आवश्यक हरेक किसिमका सहयोग गर्न संघ सधैं तयार रहने बताउनुभयो । कार्कीले खेलाडीलाई चाहिने न्युनतम आधारभूत आवश्यकताको अभावमा खेल छोड्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।

सुजाताले उत्कृष्ट गोलकिपर घोषित हुँदा खुशी लागेको बताउनुभयो । यस पटक उपाधि जित्न नसके पनि टिमले सक्दो प्रयास गरेको उहाँको भनाइ थियो । यस्तै सुशीलाले बलियो टोलीविरुद्ध नेपालले राम्रै प्रदर्शन गरेको बताउनुभयो ।

पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो । राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकालेको रुस १२ अंकसहित च्याम्पियन बन्यो । दोस्रो स्थानको बंगलादेशले चार खेलबाट सात, भारतले ६ र नेपालले चार अंक जोडेका थिए । पाँचौं स्थानमा सीमित बनेको भुटान जित तथा अंकविहीन रह्यो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram