कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरको बाईपास रोड अन्र्तगतको विशालचोकदेखि मालपोतचोकसम्मको डिभाईडरमा वृक्षरोपण

चितवन, चैत १७–
भरतपुरको बाईपास रोड अन्र्तगतको विशालचोकदेखि मालपोतचोकसम्मको डिभाईडरमा वृक्षरोपण गरिएको छ । शुक्रबार वृक्षरोपण कार्यक्रमको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वृक्षरोपण गर्नुभयो ।
सो क्रममा बोल्दै महागनर प्रमुख दाहालले भरतपुरका बनेका सयौ किलोमिटर सडकलाई सौन्र्दयकरणलाई प्राथामिकतामा राखेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले एक घर दुई विरुवाको नीति नै लिएकाले भरतपुरलाई हेर्न लाएक शहर, हरियाली सडक, वातावरणमैत्री सहरका रुपमा अगाडि बढाउन अग्रसर रहेको बताउनुभयो ।
महानगर प्रमुख दाहालले भरतपुरमा राष्टिय वन, सामुदायिक वन भएपनि स्वच्छ, हराभरा सहरका रुपमा परिचत गराउन सहर क्षेत्रमा पनि वृक्षरोपणलाई विषेश महत्व दिएको उहाँको भनाई छ ।
भरतपुर बाइपास रोडमा भएका डिभाईडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिकाको सहकार्यमा सिजियम र बौगेनवेलयिाको ३ फिट अग्लो बिरुवाहरु लगाईने छ । सिजियम र बौगेनवेलयिा ३ मिटरको फरकमा रोपिने छ भने त्यसमा कार्पेटग्रास लगाईने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा।करण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रीत वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।
शहरमा वृक्षरोपण गर्नाले ४देखि ५ डिग्रीसम्म तापक्रम न्यूनीकरण गर्न सकिने अध्ययनले देखाएकाले शहरी क्षेत्रमा वृक्षरोपणलाई प्राथामिकता दिनुपर्ने आल्यौउनुभयो । बढ्दो जनसंख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउदै सहरको सौन्दर्यकरण गरी हरित सहर निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रर्वद्धनमा बजेट विनियोजन गर्ने परिपाटी रहेको उहाँको भनाई थियो ।
भरतपुर महानगरपालिकाकले भरतपुरमा रहेका ६ लेन सडक, बाईपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति नै लिएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतको उपस्थिति रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]