Listen Live: 

नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का

Radio Chitwan
शुक्रबार, चैत्र १७, २०७९

चितवन, चैत १७–

आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ ।

एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्ला कमिटीको आज बसेको बैठकले पनि सर्वसम्मत रुपमा न्यौपानेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला उप–सचिव प्रकाश ढुंगानाले ई जानकारी दिए ।

यसअघि यस क्षेत्रबाट न्यौपानेसंगै पोल्ट्री विज्ञ डा।तिलचन्द्र भट्टराई, कालिका नगरपालिका पूर्व मेयर गोपी श्रेष्ठ र नेता तेजेन्द्र खड्काको नाम चर्चामा थियो । उपनिर्वाचनका लागि यही चैत २० गते मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको छ । सोही कारण एमालेले आजै नाम टुंगो लगाएको हो हो । उपनिर्वाचनमा नेपाली कांग्रेसबाट चितवनका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उम्मेदवार बन्दैछन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि लामिछानको सांसद पद गुमेको थियो । त्यसै कारण चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram