काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारदेखि सुरू हुँदै

चितवन, चैत १६–
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारदेखि सुरू हुँदैछ ।
एसईईमा चितवनमा १० हजार ८५४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको चितवन शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ । एसईई परीक्षाका लागि प्रश्नपत्रहरू चितवनका ४२ वटा केन्द्रसम्म पु¥याइसकिएका छन् ।
यसपालि एसईईका लागि चितवनमा एक हजार ६३९ पर्यवेक्षक तथा कर्मचारीहरु खटाइएको समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए । चितवनमा एसईई दिने १० हजार ४७२ विद्यार्थीहरु मध्ये छात्रा पाँच हजार ३६४ र छात्र पाँच हजार ४९० रहेका छन् । त्यसैगरी प्राविधिक धारतर्फ २५१ र ग्रेड वृद्धिका १३३ जना विद्यार्थी रहेका छन् । चितवनमा सात वटा विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुने गरेको छ ।
चितवन शिक्षा विकास र समन्वय इकाइ प्रमुख सुवेदीले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका ४२ वटा केन्द्र मध्ये भरतपुर महानगरपालिकामा २२ वटा, रत्ननगर नगरपालिकामा सात वटा, खैरहनी नगरपालिकामा चार वटा , राप्तीमा दुईवटा, माडीमा दुई वटा, कालिका नगरपालिकामा दुई वटा र इच्छाकामना गाउँपालिकामा दुई वटा केन्द्रहरु रहेका छन् । चितवनबाट रत्ननगरको बछौली केन्द्रबाट तीन जना दृष्टिबिहीन विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन् । समन्वय इकाइ प्रमुख सुवेदीले सम्पूर्ण एसईईका केन्द्राध्यक्षहरुलाई अनुशिक्षण गरेर आआफ्नो जिम्मेवारीमा खटाइएको बताए । उनले भोलि बिहान ८ बजेबाट हुने परीक्षाको लागि सबै तयारी सकिएको र सबै केन्द्रमा गरेर ६३० जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]