Listen Live: 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बाध्यता र परिस्थितिको साङ्लो तोडेर खडा भएको बताए चितवनबासीलाई

Radio Chitwan
बिहिबार, चैत्र १६, २०७९

चितवन, चैत १६(

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बाध्यता र परिस्थितिको साङ्लो तोडेर खडा भएको चितवनबासीलाई बताएका छन् ।

भरतपुरको रामनगरमा भएको कार्यक्रममा मतदाताहरुलाई नेता लामिछानेले हिजो खेलेको मैदान सफा छैन भन्ने थाहा हुँदाहुँदै विभिन्न परिबन्ध र बाध्यताहरु तोडेर स्वतन्त्र भएर फेरि चुनावी मैदानमा आएको बताएका हुन् ।

उनले भने, ‘यो कुराको हेक्का मलाई थाहा छ । म तपाइँलाई जुन अप्ठ्यारो, जुन परिबन्ध र बाध्यताबीच जुन साङलोहरु बाधेर बसेको अवस्था थियो । आज तपाइँहरुको सामु उभिदा सम्पूर्ण साङ्लोहरु तोडेर तपाइँको सामु खडा भएको छु । तपाइँहरुले विश्वास गरेर यहीबाट यहीको धर्तीबाट एउटा जिम्मेवार मानिससम्म पु¥याइदिनु भएको छ । तपाइँले गर्नुभएको विश्वास जीवनभर कायम राख्नेछु । मैले आज यो मन्दिरमा उभिएर पहिलो पटक भनेको होइन यो यसभन्दा अगाडि पनि यहाँहरुको विश्वास र माया लिँदा मैले भन्दै आएको कुरा हो । यसैले आज पनि यो पावन भूमिमा यो पवित्र माटोमा यो कार्यमा उभिएर मैले भन्ने कुरा यही नै हो । तपाइँले दिनुभएको माया तपाइँले दिनुभएको विश्वास र तपाइँले दिनुभएको मनलाई लिएर यो माटोलाई बेइमानी गर्ने छैन । तपाइँहरुप्रति बेइमानी गर्ने छैन ।’

लामिछानेले हिजोको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै भने, ‘यात्रा गर्दा उतारचढाब हुन्छन् । कहिलेकाही हामी आम मानिसले हेर्दाखेरी कतिपय कुरा हेर्दा एउटा देख्दा बुझ्दा अर्को हुन सक्छ । भइरहेका छन् । राजनीति राजनीति बाहेक केही नदिएर जीवन बिताएका मानिसहरुको हुलमा हामी जस्ता भर्खरै जनताको माया र विश्वास बिना कुनै पनि छलकपट लिएर नगएका मानिसहरु मिसिदाखेरी कहिलेकाही गारो अप्ठ्यारो त हुन्छ । हुनेरहेछ । मैले पहिले पनि भनेको थिए । म अभिमन्यु होइन मलाई युद्धको मैदानभित्र छिरेर युद्ध जितेर बाहिर आउँछु भनेर भनेको थिइन । त्यसको अन्त्यतिर आइपुगेको छु । फेरि पनि तपाइँहरु समक्ष आइपुगेको छु । आफ्ना उही प्रतिबद्धता दाहो¥याउनको निमित्त । कतिपय ठाउँमा अझै घण्टी सुनिएछ त्यसकारण पहिले भन्दा अझै चर्को बजाउनको लागि यहाँ आएको छु ।’

उनले मतदाताले चाहेमा हुने रहेछ भन्दै पहिलो पटक यहाँ आउँदा कयौं आमा बुबाहरुलाई स्वभाविकरुपमा एउटा मानिसले जित्ला कि नजित्ला एउटाले जिते पनि के गर्ला भन्ने लागेको बताए । उनले मतदाताले माया पनि गर्दै एउटा आशंका व्यक्त गरेको बताए । लामिछानेले भने, ‘म आज भगवानलाई साक्षी राखेर, भगवानरुपी मतदातालाई साक्षी राखेर छाती चौडा पारेर अनुहार हसिलो पारेर भन्छु तपाइँहरुले दिनुभएको मतलाई सदुपयोग गरेर सिंहदरबारमा जति दिन बसे । त्यतीदिन तपाइँहरुको इज्जत राखेको छु । एउटा मानिसबाट एउटा मनबाट के हुन्छ, के हुन सक्दैन भन्ने कुरा चितवनले प्रमाणित गरिसकेको छ र हामीले गरेको कामको बारेमा म बाँचुन्जेल कसैले पनि औला ठड्यायोस् । म जवाफ दिन तयार भएर आएको छु । यस अर्थमा तपाइँको मत न हिजो खेर गएको थियो न अब खेर जानेछ । जनताको मत मात्र जित्न धेरै कुरा गर्छन् । केही पैसा खर्च गरेर कोही धम्क्याएर धर्काएर जित्छन् । विभिन्न कारणले जित्छन् । तर, मैले आफ्ना कुराहरु राखेर इमान्दारितालाई तपाइँको पाउमा चढाएर मत लिएर गएको हो । म त्यो इमान्दारी आफ्नो जीवनभर भुल्ने छैन । भन्ने बाचा फेरि पनि दोहो¥याउन चाहन्छु । झुट बोले मलाई पाप लाग्छ, पाप कहिले पनि गर्ने छैन ।’

लामिछानेले आत्महत्या दुरुत्साहन घटनामा पक्राउ परेको विषयलाई सम्झँदै चितवनले आफूलाई न्याय दिन पहल गरेको बताए । चितवनसबासीले प्रेरणाले गर्दा आफूले राजनीतिमा लाग्ने निर्णय गरेको विचार राखे । उनले भने, ‘देशको कुनै पनि ठाउँबाट चुनावमा उठ्न पाइन्थ्यो होला । सकिन्थ्यो होला । आफू पढेका ठाउँहरु थिए । म आफ्नो भाग्य बिधाता आदरणीय चितवनबासीको चरणमा फेरि पनि आइपुगे । यहाँबाट निर्वाचन जितेर म अगाडि गए । निर्वाचन पनि चितवनबासीले यसरी जिताइदिनु भयो कि देश कै सबैभन्दा ठूलो मतान्तरले जित्ने मानिस भएर म यहाँबाट माला लगाएर गए । खै के कारणले हो फेरि पनि जनप्रतिनिधि भएको छैन । मतमा खोट थिएन मेरो नियतमा खोट थिएन तर प्रक्रियामा केही न कही खोट रहेछ म त्यसको लागि क्षमा माग्न चाहन्छु ।’ कार्यक्रममा उनले बाकसमा आउनु भन्दा पनि जिउदै आफ्नो देशमा आएर सेवा गर्ने अठोट लिएर आफू नेपाल फर्किएको दाबी गरे ।

उनले मतदातालाई आफ्नोबारेमा उठेका भ्रमहरु चिर्ने प्रयास गर्दै भने, ‘मैले कुनै किसिमको अपराध गरेको छैन । म बाट कोही अन्यायमा परेको छैन । किन हो कुनै मैबाट अपराध भए जस्तै मेरै विरुद्ध उजुरीहरुको लाम लाग्छ । मैले कसको समर्थन गर्नुपर्ने हो र कसको विरोध गर्नुपर्ने हो थाहा छैन । मलाई यति थाहा छ म नेपाली जनताको पक्षमा उभिनुपर्छ । यसभन्दा बाहेक अरु कसैको पक्षमा उभिनु पर्देन । म कसैको पक्षमा छैन । मात्र तपाइँहरुको पक्षमा छु तर कसको पछि लाग्नुपर्ने हो वा कसको पछि नलाग्नुपर्ने हो मलाई थाहा छैन । ’

कार्यक्रममा नेता लामिछानेले मानिसले नेपाली जनताको पिर मर्कालाई भोट जित्ने आधार मात्र बनाएको आरोप लगाए । उनले निर्वाचन जितेर गएपछि नेपाली जनताको दुःख हर्ने काम नगरेको विचार राखे । उनले आफूहरुको संसदीय भूमिका सही रहेको दाबी गर्ने भने, ‘संसदमा रहेका हाम्रा होनहार सांसदहरुलाई यो देशका अन्य कुनै सांसदसँग तुलना गर्दा मेरो सांसद तल परेछन् भने उनीहरुलाई फिर्ता बोलाउने आट लिएर म आएको छु । हामीले महत्वपूर्ण मन्त्रालयहरु समाल्दा हामीले हिजोका दिनमा गरेका महत्वपूर्ण कामको चर्चा इतिहासले गर्ला । भोलि के हुन्छ म भन्न सक्दिन । अरुलाई पद किन चाहिन्छ । अरुलाई मन्त्री प्रधानमन्त्री किन हुनुपर्छ मलाई थाहा छैन । हामीलाई आमनागरिकको सेवा गर्न चाहिन्छ । आज पनि सिंहदरबार बाहिर कयौं मानिसहरु न्यायको लागि बसिरहेका छन् । अनेकौं घेराबन्दीको सामना गर्नुप¥यो । यसले त बाटो बिगारेछ, यसलाई बेकार भोट दिइएछ । यसको पछि लाग्यो उसको पछि लाग्यो । अब यसलाई भोट दिन्न अब यसलाई हराउनुपर्छ भनेको एकाध कताकता सुने । मलाई दुःख त छैन तर अलिकती चित्त दुखाइ छ । जुन अप्ठेरो जुन समस्या । जुन घेराबन्दीबाट म भाग्दै थिए । लड्दै थिए । निस्कने कोसिस गर्दै थिए त्यही बेलामा अविश्वास गरेर अब यसको साथ छोड्नुपर्छ भन्ने साथीहरु देखेर मलाई दुःख लागेको छ । दुःखमा साथ छोड्नुपर्ने , दुई चार महिना अप्ठेरो पर्दा यो त गइनै सकेछ यो त सिद्धिनै सकेछ । भन्ने निष्कर्षमा साथीहरु कसरी पुग्नुभयो । यो मलाई थाहा छैन र मैले आफ्नो इमान छाडेको छैन । कुनै पनि पदमा रहँदा वा नरहँदा मबाट र मेरो दलबाट कुनै गल्ती काम भएको रहेछ भने त्यसको जवाफ दिन तयार छु । त्यसको सजाय भोग्न तयार छु । तर राजनीतिको यो मैदानमा अगाडि आइसकेपछि विरोधको समर्थन, समर्थनको विरोध यो सब नियमित प्रक्रियाहरु हुन् । यसले खासै त्यती ठूलो प्रभाव पार्देन तर गएपछि के काम ग¥यो र के काम गरेन त्यो महत्वपूर्ण हुन्छ । तपाइँले यो सुन्नु पर्ने छैन हिजो पनि चुनावी मैदानमा आउँदा भनेको थिए र आज पनि यो मन्दिरमा उभिएर भन्छु कि यसलाई समर्थन गरेका कारणले यस्तो नराम्रो गरेछ भन्ने कसैले सुन्नुपर्ने छैन । कसैले वनावटी एक लाइन समाचार बनाएछ त्यसको म जिम्मा लिन्न । मैले शिर निहुराउने काम गरेको भए त्यसरी आट गरेर बोल्ने शाहस गर्ने थिइन । म लुकेर बस्न सक्ने मानिस होइन म अगाडि आएर सामना गर्न सक्ने मानिस हो । कहिले कुनै राजनीतिक निर्णय होलान् तर आमनागकिको पक्षमा गर्ने काममा कही कतै तलमाथि हुन्न । अझ माया र विश्वास प्रगाढरुपमा राख्नुहुनेछ । ’

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram