कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थामा बैकल्पिक जनशक्ति तालिम सुरु

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थामा बैकल्पिक जनशक्ति तालिम सुरु भएकाे छ ।
समुदाय स्तरमा प्लम्बिङ उत्पादन उत्पादन गर्न तीन दिने तालिम आयाेजना गरिएकाे हाे । तालिममा संस्थाकाे सेवा क्षेत्र भित्र पर्ने ११ वटा वडाका ३३ जनाकाे सहभागिता रहेकाे संस्थाकी काेषाध्यक्ष तथा पानी सुरक्षा समितिकी संयाेजक सरस्वती लामाले जानकारी दिईन ।
खानेपानीकाे पाईप मर्मतकाे लागि समुदाय स्तरका जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयाेजना गरिएकाे उनले बताईन । तालिमकाे उद्घाटन गर्दै संस्थाका अध्यक्ष माधवप्रसाद अर्यालले पानी सुरक्षाकाे लागि संस्थाकाे सहयाेगी जनशक्ति उत्पादन गर्न कार्यक्रमकाे आयाेजना गरिएकाे बताए ।
घरमा र गाउँमा खानेपानीकाे पाइप फुट्दा तत्काल मर्मत सकिने गरी जनशिक्त निर्माण गर्न लागेकाे उनले बताए । तालिम लिएकालाई पाईप मर्मतकाे लागि आवश्यक पर्ने रेन्ची र हेक्सा प्रदान गरिने छ । संस्थामा सचिव प्रताप डल्लाकाेटीले खानेपानीले प्रदान गर्ने सेवा,पाईपलाईन विस्तार र पानी सुरक्षाकाे विषयमा प्रकाश पारेका थिए ।
ईन्जिनियर ज्ञानप्रकास पाैलेल र कृष्ण बहादुर प्रजाले तालिम दिएका छन् । उद्घाटन कार्यक्रममा कार्यसमिति सदस्यहरु मीना श्रेष्ठ,केशबनारायण श्रेष्ठ,ईश्वर प्रसाद खनाल,शशीकला प्रधान,लक्ष्मी भट्ट,लेखा संयाेजक जीवनलाल नगरकाेटी लगायत उपस्थित रहेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]