कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
शारदानगरमा भैरहेको प्रथम बखान च्याम्पियन कपको दोस्रो दिनको खेलमा भरतपुर –१८ र १९ विजयी

शारदानगर । शारदानगरमा भैरहेको प्रथम बखान च्याम्पियन कपको दोस्रो दिनको खेलमा भरतपुर–१८ र १९ विजयी भएका छन् ।
भरतपुर महानगरपालिका–१९ मा रहेको प्रस्तावित बखान मिनी रङ्गशालामा भैरहेको पहिलो खेलमा युवा तथा खेलकुद विकास समिति भरतपुर–१९ ले युवा तथा खेलकुद विकास समिति भरतपुर–२४ लाई १–० ले हराएको छ । भरतपुर–१९ को जितमा विमल तामाङले खेलको २०औँ मिनेटमा निर्णायक गोल गरे । उनी प्लेयर अफ दी म्याचसमेत चुनिए ।
प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा युवा तथा खेलकुद विकास समिति भरतपुर–१८ ले महिन्द्रा ट्रयाक्टर पटिहानी फुटबल क्लबलाई ३–१ गोलअन्तरले हराएको छ । भरतपुर–१८ का लागि १ एसिस्ट र दुई गोल गरेका जित मगर खेलको प्लेयर अफ दी म्याच चुनिए ।
भरतपुर–१९ वडा कार्यालय, युवा तथा खेलकुद विकास समिति भरतपुर–१९ र शारदानगर भूपू सैनिक कल्याणकारी संस्थाको आयोजनामा सुरू भएको प्रतियोगितामा जिल्लाभित्रकै कुल १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ५५ हजार ५५५, मेडल र प्रमाणपत्र पाउनेछन् ।
हरेक खेलको उत्कृष्ट खेलाडीले एक हजार, त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, फरवार्ड, मिडफिल्डर, प्रशिक्षक र उदयीमान खेलाडी गरी जनही तीन हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता चैत २० गतेसम्म सञ्चालन हुनेछ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]