Listen Live: 

प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय

Radio Chitwan
बिहिबार, चैत्र १६, २०७९

काठमाडौं, चैत १६(

नेपाली कांग्रेसले चितवन(२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएसँगै उनले उपनिर्वाचनमा आफूले जित्ने बताएका छन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेको बताए ।

‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछानेमाथि नै धेरै प्रश्न उठेको श्रेष्ठले बताए । ‘किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनुनपर्ने, के कारणले हो भन्ने कुरा जनतालाई भन्नुनपर्ने, पार्टीबाट निर्णय गर्नुपनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ, मंसिरको उल्टो परिणाम अब आउनेछ’ उनले भने ।

नेता श्रेष्ठले यसपटक चिवतन–२ मा सत्ता साझेदार दलहरुको साझा उम्मेदवार आफू बन्ने बताए । रवि लामिछानेसँग चितवनका बासिन्दा एक पटक झुक्किएको भन्दै श्रेष्ठले भने, ‘अहिले वास्तविकता बुझिसके ।’

चितवन(२ बाट ४ मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर उनले नेपाली नागरिकता नलिएका कारण सर्वोच्च अदालतको फैसलापछि पद गुमाएका थिए । सो ठाउँमा १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । हाल नेपाली नागरिकता लिइसकेका कारण रास्वपाबाट चितवन(२ मा पुन उम्मेदवार बन्ने लामिछानेको तयारी छ ।

आन्य समाचारहरु:-
November 2, 2024
झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम

रत्ननगर । नेपालीहरुकाे दाेस्राे महान चाड शुभ दिपावलीकाे अवसरमा रत्ननगरकाे झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्मपन्न भएकाे छ ।  शुक्रबार भुवानी सामुदायिक पुस्तकालय , झुवानी सामुदायिक महिला बचत […]

October 30, 2024
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुदै

कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा […]

October 30, 2024
पिठुवामा रक्तदान कार्यक्रम, सम्पन्न ८२ युनिट रगत संकलन

रत्ननगर- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ । मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई […]

October 30, 2024
एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न

चितवन, नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram