Listen Live: 

बायु ग्यास अहिले राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमअन्तरगत क्वाटरमा बस्ने ६० कर्मचारीले प्रयोग गर्दै

Radio Chitwan
बुधबार, चैत्र १५, २०७९

चितवन, चैत १५–

खाना पकाउन सिलिन्डर ग्यास प्रयोग गर्ने हामीलाई पाइपबाट घरघरमा ग्यास आउछ भन्दा अचम्म लाग्छ । तर, यसलाई प्रमाणित गरेर देखाएको छ राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले । कार्यालयले उत्पादन गरेको बायु ग्यास ६० घर परिवारलाई पाइपलाइनबाट वितरण गरिरहेको छ । यसलाई प्राविधिक भाषामा बायु ग्यास भने पनि बोलीचालीको भाषामा गोबर ग्यास भनिन्छ ।

जुन अत्यन्त सस्तो रहेको प्रयोगकर्ता मित्रमाया गुरुङले बताइन् । उनले भनिन्, ‘यो ग्यास सिलिन्डर भन्दा एकदम सस्तो छ । एउटा परिवारले रेगुलर प्रयोग गर्दा धेरैमा महिनामा ३०० देखि ४०० उठ्छ ।’ राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनकी प्राविधिक सहयोगीसमेत रहेकी गुरुङ गोबर ग्यास सिलिन्डर ग्यास जस्तै रहेको बताउँछिन् । ‘हामीले गोबर ग्यास देख्यांै गाउँ घरमा । कहिले कसो गाईभैँसीको मलमुत्र चुलोबाट बाहिर निस्कन्थ्यो । तर यो त्यस्तो होइन । गोबर ग्यास त गोबर ग्यास नै हो तर यसलाई आधुनिकीकरण गरिएको छ । सिलिन्डर र चुलोमा पाइप जोडे जसरी जोड्ने हो । यति फरक हो सिलिन्डर भान्सामै हुन्छ भने बायु ग्यासको सिलिन्डर घरघरमा राख्नुपर्दैन’, उनले सुनाइन् ।

बायु ग्यास प्रयोगकर्ता संगिता श्रेष्ठले महिनामा करिब एक हजार ४०० बचत हुने गरेको सुनाइन् । उनले भनिन्, ‘४ जनाको परिवार छ । २ जना साना बच्चा छन् । जसले गर्दाग्यासको प्रयोग धेरैनै हुन्छ । सिलिन्डर ग्यास प्रयोग गर्ने हो भने १८०० को सिलिन्डर साढे एक महिनामात्र धान्छ । तर वायु ग्यास प्रयोग गरिरहँदा महिनामा ३५० देखि ४०० मात्र मेरो खर्च हुन्छ ।’

बायु ग्यासका कारण नाकाबन्दी र कृतिम ग्यासको अभावबाट हैरानी खेप्न नपर्ने श्रेष्ठले बताइन् । उनले भनिन्, ‘कोरोनाका समयमा अन्यले ग्यासको अभाव खेप्न परेको थियो । तर, हामीले मज्जाले खाना पकाएका थियौं । त्यसबेला बायुग्यास प्रयोगकर्ता चिन्तित देखिएनन् । कृतिम ग्यासको अभाव देखिएको खण्डमा समेत दौडधुप हामीले गर्नुपर्दैन ।’ श्रेष्ठले बायु ग्यास कहिलेकाहीँ समस्या देखिने हुँदा एउटा सिलिन्डर ग्यास भने राख्नुपर्ने बताउँछिन् ।
बायु ग्यासमा जोखिम कम

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम प्राविधिक सहायक खड्कबहादुर खड्काले बायु ग्यासमा जोखिम कम रहेको बताए । बायु ग्यास प्रयोगकर्तासमेत रहेका खड्काले भने, ‘सिलिन्डर ग्यासमा बिस्फोट हुने सम्भावना बढी हुन्छ । ग्यास लिक भएर आगलागी हुनेसम्मको अवस्था छ । यसको अर्थ बायु ग्यासमा जोखिम छैन भन्न खोजेको होइन । तर, सिलिन्डर ग्यासमा भन्दा बायु ग्यासमा जोखिम कम छ ।’

सरकारले बायु ग्यासलाई बृहतआयोजनाका रुपमा अगाडि बढाउन आवश्यक रहेको खड्काको भनाइ छ । ‘वायु ग्यास बैकल्पिक उर्जा हो । यसको उत्पादन बढाउन सके एलपीजी ग्यास आयात प्रतिस्थापन गर्न सक्छौं । बिजुली उत्पादन गर्न सक्छौं । देशमा रोजगारी सिर्जना हुन्छ । सस्तो भएकाले सबैको लागि उपयोगी छ । वनजंगलको संरक्षणमा सहयोग पुग्छ । अहिले वातावरणमा छाडा छोडिएका पशुहरुको व्यवस्थापन हुन्छ । यसका धेरै फाइदा छन् जसले गर्दा सरकारले प्र्रत्येक प्रदेशमा यसलाई बृहत् आयोजनाका रुपमा संलग्न आवश्यक छ’, उनले भने ।

बायु ग्यास अहिले राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमअन्तरगत क्वाटरमा बस्ने ६० कर्मचारी र उनका परिवारले प्रयोग गर्दै आएका छन् ।

बायु ग्यास भण्डारणमा समस्या

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका संयोजक सागर पौडेले बायु ग्यास संकलन गर्ने ठाउँ नहुँदा वातावरणमा छोड्न बाध्य भएको गुनासो गरे । उनले भने, ‘हाम्रो क्षमता २०० घन मिटर ग्यास उत्पादन गर्ने हो । यसले ६० घरधुरीलाई पुग्छ । तर, उत्पादित ग्यास हामीलाई बढी भइरहेको छ । संकलन गर्ने ठाउँ छैन जसकारण वातावरणमै हामी छोड्ने गरेका छौं ।’

वायु ग्यास एलपीजी ग्यास जसरी सिलिन्डरमा राख्न सहज नहुने पौडेलले जानकारी दिए । ‘एलपीजी ग्यास लिक्युट हो जसलाई सिलिन्डरमा राख्न सहज हुन्छ । वायु ग्यास ग्यास नै हो यसलाई राख्न वा संकलन गर्न सहज छैन । सानो सिलिन्डरमा अट्दैन यसका लागि ठूलो सिलिन्डरको आवश्यक्ता पर्छ । रेष्टुरेन्टहरुमा यो ग्यास सहज हुन्छ तर घरघरमा प्रयोगका लागि पाइपलाइन नै प्रयोग गर्नु पर्छ’, उनले भने । चिसो महिनामा भने बायु ग्यास उत्पादन कम हुने उनले जानकारी दिए । ‘पुस र माघ महिनामा मौसम चिसो रहन्छ । ग्यास उत्पादन अलि कम हुन्छ,’ उनले भने ।

अनुत्पादक गाईभैँसीको व्यवस्थापन

अनुत्पादक गाईलाई भने बायु ग्यासको योजनाले उत्पादनमा ल्याएको पौडेलले बताए । उनले भने, ‘यहाँ भएका गाईहरु कुनै उत्पादक छन् कुनै अनुउत्पादक पनि छन् । उनीहरुले दूध नदेला, बच्चा नदेला तर मलमुत्र त दिन्छन् । जसबाट ग्यास निकाल्न सकिन्छ । यदि विभिन्न स्थानीय सरकारहरुले रैथाने छाडा गाई तथा भैँसीहरुलाई एक ठाउँमा कलेक्सन गरेर यस्तै खालको मोडल बनाइ ग्यास उत्पादन गरे नेपाली जनतालाई राहत दिन सक्छ ।’ यस्तो ग्यास शहरमा संकलन हुने फोहोर र ढलबाट पनि निकाल्न सकिने विज्ञहरुको सुझाव छ ।

कम्पोस्ट मलमा व्यवस्थापन

ग्यास उत्पादन पछिको मलमुत्रको व्यवस्थापन कार्यालयले कम्पोस्ट मलमार्फत गरेको छ । सोलिट लिक्युट सेप्रेटर मेसिनले झोल र गोबरको छोक्क्रालाई छुट्याउँछ । छोक्रालाई गडेउलीमल ९कम्पोष्ट मल० बनाइन्छ । झोललाई बारीमा छरिन्छ । प्रयोगमा आइसकेको मलमुत्रलाई डाइरेक्ट खेतबारीमा राखे पनि केही फरक पर्दैन,’पौडेलले बताए ।

नेपाल सरकारको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० बीच २०७५ साल फागुन २१ गते वायु ग्यास उत्पादनको सम्बन्धमा सम्झौता भएको थियो । सम्झौताअनुसार राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनमा २०७६ साल मंसिर १५ देखि बायु ग्यास उत्पादन सुरु भएको हो । कार्यालयले अहिले प्रति युनिट बायु ग्यास प्रयोग गरेबापत १५ रुपैयाँ महसुल लिँदै आएको छ । सम्झौता रकम एक करोड ५४ लाख ४५ हजार ३१० रहेको छ । जसअनुसार राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले ४५ प्रतिशत खर्च बेहोरेको थियो । जुन डाइरेक्ट नेपाल सरकारको खातामा जाने गर्छ ।

नेपाल आयल निगमको तथ्याङ्क हेर्दा देशमा आर्थिक वर्ष २०७८–०७९ मा पाँच लाख ३६ हजार २८ मेट्रिक टन एलपीजी ग्यास आयात भएको थियो । यस्तै २०७७–०७८मा चार लाख ७७ हजार ७५२ मेट्रिक टन र २०७६–०७७मा चार लाख ४९ हजार ६३ मेट्रिक टन एलपी ग्यास आयात गरेको थियो । प्रत्यकवर्ष ग्यासको आयात बढ्दो देखिन्छ ।

ग्यासको बढ्दो आयात भइरहेका अवस्थामा हामीले नेपालमा २०७२ साल असोजमा भारतले लगाएको नाकाबन्दीलाई भुल्नु हुँदैन । नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले आर्थिक नाकाबन्दी लगाएपछि ग्यास, पेट्रोललगायत अत्यावश्क वस्तुको चरम अभाव देशमा खड्किएको थियो । सोही बेला तत्कालिन प्रधानमन्त्री ओलीले घरघरमा ग्यासको पाइप लाइन पु¥याउने सपना बाँडेका थिए । यस्तै संकट फेरि आउन नदिन बैकल्पिक उर्जालाई हरेक सरोकारवाला निकायले प्राथमिकतामा राख्न आवश्यक छ । शहरमा संकलन हुने ढल र फोहोरबाट पनि रामपुरमा जस्तै ग्यास उत्पादन गर्न सके सिलिण्डर ग्यास खरिद गर्नुपर्ने आवश्यकता पर्देन ।

आन्य समाचारहरु:-
July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

July 12, 2024
शैक्षिक गुणस्तर सुधारका लागि बछाैली माविमा अन्तरक्रिया

साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले  विद्यालयमा शैक्षिक  सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न  र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram