राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
सहिद स्मारक कलेजको अध्यक्षमा गुरूङ

भरतपुर । सहिद स्मारक कलेज भरतपुर–१९ शारदानगरको व्यवस्थापन समितिका अध्यक्षमा प्याब्सनका केन्द्रीय सदस्य समेत रहेका शिक्षाविद् बेलबहादुर गुरूङलाई पुन कलेज चयन भएका छन् ।
मंगलबार सम्पन्न दोश्रो कलेज सभा तथा अधिवेसनले उनको अध्यक्षतामा १५ सदस्दीय समिति गठन गरेको हो ।
अधिवेशनबाट कलेज व्यवस्थापन समिति सदस्यमा चन्द्रध्वज गुरुङ,तोपमान सिंह गुरुङ, विष्णुमाया परियार, डा सूर्यकान्त घिमिरे, विन्दु पौडेल, मंगलध्वज गुरुङ, पूर्णबहादुर गुरुङ, इन्दु पण्डित, होमबहादुर क्षेत्री, हुतमान गुरुङ, शिवदत्त सापकोटा, शिव सुवेदी, गणेश गुरुङ र बलराम पौडेल चयन भएका छन् ।
कलेजका सस्थापक प्रध्यापक तथा सहित्यकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यितामा र कलेज व्यवस्थापन समितिका अध्यक्ष वेलबाहादुर गुरूङको सभापतित्वमा सम्पन्न कलेज सभामा कलेजका प्राचार्य वसन्तकुमार पौडेलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रममा पूर्वसांसद् विष्णुमाया परियार, पूर्व बागमती प्रदेशसभा सदस्य बलराम पौडेल, कृषि तथा वनविज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार सूर्यकान्त घिमिरे, समाजसेवी चन्द्रध्वज गुरूङ, तोपमानसिंह गुरूङ, पूर्णबहादुर गुरूङ, कृष्णहरि अर्याल,मंगलध्वज गुरूङ,सुरेश अर्याल,परमजिवी ढकाल,अनिश थापा, कलेजका सहायक प्रिन्सिपल राजु रानाभाट लगायतले बोलेका थिए ।
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]
काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]