काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
पूर्वी चितवनकाे रत्ननगरमा विपन्न समुदायका महिलाहरुकाे आयआर्जनकाे लागि सिलाईकटाई तालिम सुरु

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा विपन्न समुदायका महिलाहरुकाे आयआर्जनकाे लागि सिलाईकटाई तालिम सुरु भएकाे छ ।
गरवी निवारणका लागि लघु उद्यम विकास कार्क्रम (मेड्पा) अन्तर्गत वडा नं १५ मा तालिम सुरु भएकाे हाे । रत्ननगर नगरपालिकाले आयाेजना गरेकाे साे तालिम वडा नं १४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हाेमनाथ रानाभाटले एक अाैपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।
साे अबसरमा उनले नगरकाे गरिबी निवारणकाे लागि सीपमुलक तालिक काेसेढुंगा सावित हुने बताए । वडाध्यक्ष आशिक तामाङले तालिम लिएर व्यवसाय गर्न चाहनेलाई वडा कार्यालयले मेसिन सहित आवश्यक अन्य सहयाेग गर्ने बताए ।
सीप विकास मार्फत गरिबी निवारण गर्ने उद्घेश्य रहेकाे भन्दै उनले विपन्न समुदायकाे जीवन स्तर उकास्ने विषयमा वडा कार्यालय सचेत रहेकाे बताए । वडा नं १४ र १५ का ३१ जना सहभागी साे तालिममा दुर्गाकुमारी चाैधरीले प्रशिक्षण दिनेछिन् ।
मेड्पा कार्यक्रम संयाेजक रामप्रसाद बस्ताकाेटीले वडा नं ३,८,९,१४ र १५ का ६५ जना महिलाहरुलाई तीन महिने एडभान्स तालिम सुरु गरिएकाे बताए । तालिम पछि बजारीकरण र व्यवसायस सञ्चालनकाे लागि ऋण लिन समेत मेड्पा कार्यक्रमले सहजीकरण गर्ने बस्ताकाेटीले बताए ।
उद्घाटन कार्यक्रममा वडा नं १५ का निबर्तमान वडाध्यक्ष हुमनाथ लामिछाने, वडा सदस्यहरु ईमप्रसाद पन्त,शिव तिवारी,रुकमाया परियार,निर्तमान वडा सदस्य रामकृष्ण खड्का लगायतकाे सहभागिता रहेकाे थियाे ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]