रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा गरेको रक्तदान कार्यक्रममा १६ जना महिलासहित ८५ जनाले गरे रक्तदान
चितवन, चैत १५(
भरतपुर महानगरपालिका–२ मा रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा बुधबार गरेको रक्तदान कार्यक्रममा १६ जना महिलासहित ८५ जनाले रक्तदान गरेका छन् ।
साकोसका व्यवस्थापक खगेन्द्र घिमिरेका अनुसार २०६८ सालमा स्थापना भएको उक्त साकोसले प्रत्यक वर्ष स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान आयोजना गर्दै आएको हो ।
यस वर्ष पनि स्थापना दिवसको अवसर पारेर साकोसले रक्तदानलगायत विभिन्न कार्यक्रमको आयोजना गरेको छ । केही दिन अगाडि सकोस सञ्चालक समिति, कर्मचारी र उपसमितिमा रहेका सदस्यहरुको लागि दुई दिवसीय कार्ययोजना तर्जुमा कार्यशाला पनि आयोजना गरेको थियो ।
भरतपुर–२ क्षेत्रपुरमा मुख्य कार्यालय रहेको उक्त सकोसले भरतपुर–१६बिजयनगर, भरतपुर–१५ फूलवासीमा सेवा केन्द्र सञ्चालनमा छन् । एक हजार ६८० शेयर सदस्यहरु रहेको उक्त साकोस जिल्ला भित्रको उत्कृष्ट साकोस मध्येमा गनिन्छ ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]