Listen Live: 

चितवनमा पहिलो पटक सवारी चालक अनुमति पत्र वितरणको काम हुँदै

Radio Chitwan
बुधबार, चैत्र १५, २०७९

चितवन, चैत १५–

चितवनमा पहिलो पटक सवारी चालक अनुमति पत्र वितरणको काम हुँदै छ । लामो समयको प्रतिक्षापछि सेवाग्राहीले चितवनबाटै सवारी लाइसेन्स निकाल्न पाउने भएका हुन् । यातायात व्यवस्था विभागको वेभसाइटबाट सवारी लाइसेन्सको अनलाइन फारम भर्न मिल्ने व्यवस्था सुरु भइसकेको छ ।

लाइसेन्सको लागि आगामी चैत २६ गतेबाट यातायात व्यवस्था कार्यालय चितवनमा पहिलो बायोमेट्रिक हुँदैछ । प्रयोगात्मक परीक्षा ट्रायल लिनको लागि छनौटमा परेको महालक्ष्मी ड्राइभिङ सेन्टरमा निःशुल्क ट्रायल परीक्षा दिन सकिनेछ ।

यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख काली बहादुर भुजेलले बायोमेट्रिकको लागी तयारी तीव्र पारिएको बताए । बायोमेट्रिक चैत २६ गतेबाट नै सुचारु हुने भएतापनि मेडिकल रिपोर्ट भने सेवाग्राही स्वयमले नै ल्याउनु पर्ने भुजेलले बताए । यातायात कार्यालयमा डिजिटल हस्ताक्षर दिने, फोटो खिच्ने लगायतको काम हुने छ ।

‘बायोमेट्रिकको तयारी तीव्र पारिएको छ तर मेडिकल रिपोर्ट भने सेवाग्राही आफैले ल्याउनु पर्छ । केही समयका लागी सेवाग्राहीलाई समस्या पर्ने भयो’, उनले भने, ‘हामीले छिट्टै सार्वजनिक खरिद प्रक्रिया अनुसार प्रस्ताव आह्वान गरेर मेडिकल रिपोर्टको व्यवस्था कार्यालयबाटै गर्ने तयारीमा छौँ ।’

नेपाल मेडिकल काउन्सिलबाट इजाजत प्राप्त लाइसेन्स भएको डाक्टरले दिएको मेडिकल रिपोर्टलाई मान्यता दिइने भुजेल बताउँछन् । सवारी लाइसेन्स प्राप्त गर्न ऐनको मापदण्ड बमोजिमको अनुसूची भरेर डाक्टरले उक्त रिपोर्ट उपलब्ध गराउनु पर्ने छ । उक्त रिपोर्ट बढीमा एक हप्तालाई मान्य हुने उनले जानकारी दिए ।

चितवनमा सुरुवाती चरणमा रहेको कारण पनि व्यवस्थापनमा अफ्ठ्यारो आउने उनले बताए । आफ्नो क्षमता देखाएर लाइसेन्स प्राप्त गर्न पाइने भएकोले कसैको झुटो आश्वासनमा नपर्न उनले आग्रह गरेका छन् ।

‘केहि व्यक्तिले प्रलोभनमा पार्न सक्छन्, ग्यारेन्टीका साथ लाइसेन्स दिन्छौँ भनेर भ्रम सिर्जना गर्ने स्थिती आउन सक्छ,’ उनले भने, ‘कसैका आश्वासनमा भर नपर्नुहोला, कसैले त्यस्तो भनेमा कार्यालयमा सम्पर्क राख्नुहोला ।’

बायोमेट्रिक भएको केहिदिनमा लिखित परिक्षा हुने र त्यसको भोलिपल्ट ट्रायल लिने व्यवस्था गर्न लागेको उनले बताए । बागमती प्रदेश सरकारले ७० प्रतिशत ट्रायल कटाए पास हुने व्यवस्था लागु गरेको छ । ‘हामी सुरुवाती चरणमा छौँ, सुरुबाटै ७० प्रतिशत मापदण्ड अनुरुपको ट्रायल परिक्षा लिँदै छौँ,’ उनले बताए ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram