कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा पहिलो पटक सवारी चालक अनुमति पत्र वितरणको काम हुँदै

चितवन, चैत १५–
चितवनमा पहिलो पटक सवारी चालक अनुमति पत्र वितरणको काम हुँदै छ । लामो समयको प्रतिक्षापछि सेवाग्राहीले चितवनबाटै सवारी लाइसेन्स निकाल्न पाउने भएका हुन् । यातायात व्यवस्था विभागको वेभसाइटबाट सवारी लाइसेन्सको अनलाइन फारम भर्न मिल्ने व्यवस्था सुरु भइसकेको छ ।
लाइसेन्सको लागि आगामी चैत २६ गतेबाट यातायात व्यवस्था कार्यालय चितवनमा पहिलो बायोमेट्रिक हुँदैछ । प्रयोगात्मक परीक्षा ट्रायल लिनको लागि छनौटमा परेको महालक्ष्मी ड्राइभिङ सेन्टरमा निःशुल्क ट्रायल परीक्षा दिन सकिनेछ ।
यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख काली बहादुर भुजेलले बायोमेट्रिकको लागी तयारी तीव्र पारिएको बताए । बायोमेट्रिक चैत २६ गतेबाट नै सुचारु हुने भएतापनि मेडिकल रिपोर्ट भने सेवाग्राही स्वयमले नै ल्याउनु पर्ने भुजेलले बताए । यातायात कार्यालयमा डिजिटल हस्ताक्षर दिने, फोटो खिच्ने लगायतको काम हुने छ ।
‘बायोमेट्रिकको तयारी तीव्र पारिएको छ तर मेडिकल रिपोर्ट भने सेवाग्राही आफैले ल्याउनु पर्छ । केही समयका लागी सेवाग्राहीलाई समस्या पर्ने भयो’, उनले भने, ‘हामीले छिट्टै सार्वजनिक खरिद प्रक्रिया अनुसार प्रस्ताव आह्वान गरेर मेडिकल रिपोर्टको व्यवस्था कार्यालयबाटै गर्ने तयारीमा छौँ ।’
नेपाल मेडिकल काउन्सिलबाट इजाजत प्राप्त लाइसेन्स भएको डाक्टरले दिएको मेडिकल रिपोर्टलाई मान्यता दिइने भुजेल बताउँछन् । सवारी लाइसेन्स प्राप्त गर्न ऐनको मापदण्ड बमोजिमको अनुसूची भरेर डाक्टरले उक्त रिपोर्ट उपलब्ध गराउनु पर्ने छ । उक्त रिपोर्ट बढीमा एक हप्तालाई मान्य हुने उनले जानकारी दिए ।
चितवनमा सुरुवाती चरणमा रहेको कारण पनि व्यवस्थापनमा अफ्ठ्यारो आउने उनले बताए । आफ्नो क्षमता देखाएर लाइसेन्स प्राप्त गर्न पाइने भएकोले कसैको झुटो आश्वासनमा नपर्न उनले आग्रह गरेका छन् ।
‘केहि व्यक्तिले प्रलोभनमा पार्न सक्छन्, ग्यारेन्टीका साथ लाइसेन्स दिन्छौँ भनेर भ्रम सिर्जना गर्ने स्थिती आउन सक्छ,’ उनले भने, ‘कसैका आश्वासनमा भर नपर्नुहोला, कसैले त्यस्तो भनेमा कार्यालयमा सम्पर्क राख्नुहोला ।’
बायोमेट्रिक भएको केहिदिनमा लिखित परिक्षा हुने र त्यसको भोलिपल्ट ट्रायल लिने व्यवस्था गर्न लागेको उनले बताए । बागमती प्रदेश सरकारले ७० प्रतिशत ट्रायल कटाए पास हुने व्यवस्था लागु गरेको छ । ‘हामी सुरुवाती चरणमा छौँ, सुरुबाटै ७० प्रतिशत मापदण्ड अनुरुपको ट्रायल परिक्षा लिँदै छौँ,’ उनले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

