कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नसर्ने रोगको जोखिम हुन नदिन खैरहनी नगरपालिकाले बाआमा स्वास्थ्य कार्यक्रम गरे सुरू

खैरहनी । नसर्ने रोगको जोखिम हुन नदिन खैरहनी नगरपालिकाले बाआमा स्वास्थ्य कार्यक्रम सुरू गरेको छ ।
नगरपालिकाको वडा नम्बर–१, बहेराबाट यो कार्यक्रमको सुरूवात गरिएको हो । पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगबाट मानिसहरु बिरामी हुने क्रम बढेको भन्दै यसको न्यूनीकरणका साथै वृद्धवृद्धाहरुको स्वास्थ्यलाई ख्याल गर्दै यो कार्यक्रम सुरू गरिएको स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले बताए । दीर्घरोगबाट बचाउँदै उनीहरुको दीर्घजीवनमा यो कार्यक्रमले मह¤वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै यो कार्यक्रमको सुरूवात गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख खनियाँले नगरभित्र चिल्ला बाटो बने पनि त्यसमा हिँड्ने बुबाआमा स्वस्थ नरहे त्यो बाटोको अर्थ नहुने बताए । ‘भौतिक संरचना निर्माण, बाटोघाटो एउटा पाटो हो’, नगरप्रमुख खनियाँले भने, ‘त्यसमा हिँड्ने बुबाआमा स्वस्थ नरहँदा त्यस्ता बाटोको अर्थ छैन, त्यसैलाई बुझेर यो नयाँ अभियान सुरूवात गरेका हौँ ।’
नगरभित्रै कतिपय ठाउँमा सामान्य रोग लाग्दा पनि परीक्षण गर्न जाने अवस्था नरहेको उल्लेख गर्दै उनले यो कार्यक्रमलाई बाआमाहरुले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए । आगामी दिनमा ६८ वर्षभन्दामुनिका नगरवासीको स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य, पोषणलगायत कार्यक्रमलाई आवश्यकताअनुसार अघि बढाउने प्रमुख खनियाँले बताए ।
खैरहनी नगर उपप्रमुख कविता उप्रेतीले यो कार्यक्रमबाट लाभान्वित हुन बुबाआमाहरुलाई आग्रह गरिन् । साथै स्वास्थ्यकर्मीहरुले उनीहरुसँग सुमधुर सम्बन्ध बनाएर सेवाप्रवाह गर्नुपर्ने उनले बताइन् । खैरहनी–१ का वडाध्यक्ष नवराज भूषालले स्थानीय सरकार रहेको अनुभूति दिलाउन यो कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताए ।
यो कार्यक्रमअन्तर्गत ६८ वर्षभन्दामाथि उमेर समूहका सबैको घर–घरमा गएर सामान्य स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, मधुमेहलगायतको परीक्षण गरिने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नवीन अधिकारीले जानकारी दिए । यो कार्यक्रममा सम्बन्धित वडामा रहेको स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मी खटिनेछन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]