Listen Live: 

राप्ती नगरपालिकामा नगरप्रमुख र उपप्रमुखविरूद्ध नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनाए विरोध

Radio Chitwan
मङ्लबार, चैत्र १४, २०७९

राप्ती । राप्ती नगरपालिकामा नगरप्रमुख र उपप्रमुखविरूद्ध नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका छन् । उनीहरुको कार्यशैलीप्रति एमालेका जनप्रतिनिधि विरोधमा उत्रिएका हुन् । नेकपा एमाले राप्ती नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी प्रमुख, उपप्रमुखको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।

उनीहरुले वर्तमान जनप्रतिनिधिको कार्यकालमा अहिलेसम्म तीन जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुनुमा नगरप्रमुख, उपप्रमुख जिम्मेवार रहेको आरोप लगाए । एमाले जनप्रतिनिधिहरुले उनीहरुले कार्यशैली सुधार नगरे र प्रमुख प्रशासकीय अधिकृत तत्काल ल्याउने वातावरण नगरे थप विरोधका कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् । यसले नगरपालिकामा प्रमुख, उपप्रमुख र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुबीच दूरी बढेको प्रस्ट देखिन्छ । विसं २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनपछि शपथग्रहणदेखि नै प्रमुखसँग एमाले जनप्रतिनिधिको विवाद भएको थियो ।

राप्तीको अघिल्लो कार्यकाल पनि किचलोमै बितेको थियो । यसपटक पनि सोही अवस्था दोहोरिने देखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यपालिकामा एमालेका संसदीय दलका नेता एवम् राप्ती–५ का वडाध्यक्ष सीताराम बलले योजनाहरुमा प्रमुख, उपप्रमुखले मनोमानी गर्ने गरेको, विपद्को बजेट ग्राभेल हाल्नेजस्ता काममा खर्च गरेको, योजनाको भुक्तानीका बेला प्रमुख प्रशासकीय अधिकृत नहुँदा पनि चासो नदेखाएको, अख्तियारले नगरपालिकामा छापा मारेपछि त्यसका बारे आफूहरुसँग कुनै सल्लाह नगरेको बताए । प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा भुक्तानी, सेवाप्रवाहमा अवरोधका साथै विकास निर्माणको थप काम अघि बढ्न नसकेको उनको भनाइ थियो ।

‘नगरको विकासका लागि हामी सहकार्य गर्न तयार छौँ, कुनै हस्तक्षेप गरेका छैनौँ’, वडाध्यक्ष बलले भने, ‘हाम्रो आग्रहलाई बेवास्ता गर्दै उल्टै मनोमानीरुपमा उहाँहरु ९प्रमुख, उपप्रमुख०ले गतिविधि गर्न थालेपछि विरोधमा उत्रिनु परेको हो, यसप्रति उहाँहरु जिम्मेवार बनून् ।’ नगरको विकासमा ठोस योजना ल्याउन, प्रमुख प्रशासकीय अधिकृत ल्याउन पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरिएको एमाले जनप्रतिनिधिको आरोप छ ।

राप्ती नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले प्रमुख, उपप्रमुखकै कारण अहिले कर्मचारीमा त्रास फैलिएको बताए । उनीहरुले बजेटमा समावेश गरिएको योजनाबाहेकमा पनि तोक लगाई प्रक्रिया अघि बढाउन दबाब दिँदा कर्मचारीमा त्रास फैलिनुका साथै मनोवैज्ञानिक असर परेको दाबी छ । ‘नगरको कार्यशैलीप्रति धेरै कर्मचारी असन्तुष्ट छन्’, वडाध्यक्ष उप्रेतीले भने, ‘यहाँ काम गर्ने वातावरण भएन, बरू दुर्गम जिल्लामा सरूवा भएर जान्छु भन्छन्, यस्तो अवस्थामा उनीहरुले कसरी काम गर्ने रु’ नगरप्रमुख, उपप्रमुखले जनादेशअनुसार काम गर्न नसक्ने हो कि भन्ने शङ्का उब्जिएको उप्रेतीले बताए । उनीहरु व्यक्तिगत लाभमा मात्र केन्द्रित रहेको, बेथितिको थलो बनेको, कर्मचारीहरु काम गर्न इच्छुक नदेखिएकाले नगरपालिकाप्रति जनताको विश्वास घट्दो अवस्थामा रहेको उनको आरोप छ ।

राप्ती–४ का वडाध्यक्ष केदार आचार्यले प्रमुखले आफूखुसी तोक लगाउने योजना सञ्चालन गर्ने, तर वडाबाट गएका सिफारिसलाई रोक्ने काम गर्दै आएको बताए । विपन्नको घर निर्माण, विपद् व्यवस्थापन, नगरस्तरीय योजनामा आफूखुसी गर्ने गरेको उनको आरोप थियो । ‘एकजुट भएर नगरको विकासमा लाग्न हामी प्रतिबद्ध छौँ’, वडा अध्यक्ष उप्रेतीले भने, ‘जनताले सहजरुपमा सेवा नपाउनाले प्रमुख र उपप्रमुखले नगरलाई समृद्धितर्फ लान नसक्ने हो कि भन्ने शङ्का छ ।’ पत्रकार सम्मेलनमा एमालेबाट निर्वाचित सबै वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु उपस्थित थिए ।

यता, राप्ती नगरपालिका प्रमुख शमशेर लामाले एमाले जनप्रतिनिधिले लगाएको आरोपको खण्डन गरेका छन् । राजनीतिक प्रतिशोधले मात्र उनीहरुले आफूमाथि त्यस्तो आरोप लगाएको उनको दाबी छ । ‘मैले मनोमानी गर्दा अख्तियार चुप लागेर बस्दैन, सँगै लैजान्थ्यो होला’, नगरप्रमुख लामाले भने, ‘राजनीतिक पूर्वाग्रहकै कारण उनीहरु मप्रति खनिएका हुन्, काम गर्न नदिने उनीहरुको चाल हो ।’

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको विषयमा आफ्नो भूमिका नरहेको उनले बताए । ‘मेरो कारणले प्रमुख प्रशासकीय अधिकृत नआएको होइन’, प्रमुख लामाले थपे, ‘देशका १८१ पालिकामा प्रमुख प्रशासकीय अधिकृत अहिले रिक्त छन्, राप्तीमा मात्र होइन, यसमा मेरो कुनै भूमिका छैन ।

आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram