कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
काउलेको मेट्राङमा रहेको एउटा विद्यालयका छात्रछात्रालाई सोमबार रू. तीस हजारबराबरको सामग्री वितरण

इच्छाकामना । युथ क्लब नारायणगढले इच्छाकामना गाउँपालिका–१ काउलेको मेट्राङमा रहेको एउटा विद्यालयका छात्रछात्रालाई सोमबार रू. तीस हजारबराबरको सामग्री वितरण गरेको छ ।
क्लबका पूर्वअध्यक्ष भानुप्रकाश जोशी, उनका जापानमा रहेका छोरा प्रोफेसर निरजप्रकाश जोशीको पहलमा कुसुना नेपाल फ्रेण्डसिप एसोसिएसन जापान, निकाल्डो मासुमी, निकाल्डो मुनेओको सहयोगमा जीवनज्योति आधारभूत विद्यालयका ११४ जना बालबालिकालाई करिब ३० हजारबराबरको चप्पल, मञ्जन, ब्रस र बिस्कुट वितरण गरिएको हो ।
क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता र क्लबका पूर्वअध्यक्ष भूवन आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन क्लबका नवनिर्वाचित महासचिव रामचन्द्र आचार्यले गरेका थिए ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]