काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
चितवनको इच्छाकामना गाउँपालिकाका एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्रा वितरण

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ ।
सपना भिलेज सोसल इम्प्याक्टले एकल महिला सशक्तिकरण परियोजना अन्तर्गत वडा नं १ का १५ जना महिलालाई जनही ४ वटाका दरले बाख्रा वितरण गरेको हो । सो वडाका २१ जना एकल महिलाको पहिचान गरी दीगो आयआर्जनका लागि बाख्रा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
सोमबार १५ जनालाई बाख्रा वितरण गरिएको र बाँकी छ जनालाई केही दिनपछि वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवन स्तर उकास्न आयमुलक कार्यक्रम ल्याइएको गिरीले बताए । त्यसैगरी इम्प्याक्टले सोही वडाका एकजना एकल पुरुषलाई फलफुल खेतीका लागि सहयोग गर्ने भएको छ । उनलाई सुरुमा सिंचाईको लागि पाइप दिने र आवश्यक अन्य सहयोग गरिने छ ।
अर्की एकजना एकल महिलालाई किराना पसल सञ्चालनको लागि आवश्यक सामाग्री सहयोग गरिने इम्प्याक्टका अध्यक्ष गिरीले बताए । सो वडाको कोलभन्ज्याङमा आयोजित एक औपचारिक कार्यक्रमका बीच इम्प्याक्टका अध्यक्ष गिरी,कार्यक्रम निर्देशक सुजन बस्नेत र वडाध्यक्ष सन्तबहादुर रानामगरले महिलाहरुलाई बाख्रा हस्तान्तरण गरेका थिए ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]