Listen Live: 

गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवम् गोद्धक मेला सुरु

Radio Chitwan
मङ्लबार, चैत्र १४, २०७९

चितवन, चैत १३(

धार्मिक एवम् पुरातापुरातात्विक महत्व बोकेको चितवनको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवम् गोद्धक मेला सुरु भएको छ ।

चैत १७ गतेसम्म ५ दिनसम्म यज्ञ सञ्चालन हुनेछ । मेलामा गुरु चैतन्यकृष्णले राम कथा वाचन गरेका छन् । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

मेला उद्घाटन गर्दे माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले धार्मिक, ऐतिहासिक, पौराणिक, पुरातात्विकलगायत विभिन्न पक्षको महत्व बोकेको यस क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताइन् ।

गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले मेला एवम् यज्ञको अवलोकन गरी सहयोग गरी यहाँ रहेका धार्मिक क्षेत्रको दर्शन गरी पुण्य लाभ प्राप्त गर्न आग्रह गरे । यहाँ रहेका चार धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्य रहेको गोद्धक क्षेत्र विकास संस्थाका सचिव गंगा भुसालले बताए । गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले स्वागत मन्तव्य राख्दै गोद्धक क्षेत्रमा पहिलो पटक भव्य रुपमा मेला एवम् यज्ञ भएको बताए ।

गोद्धक राम चरित्र कथा यज्ञ सञ्चालन मुल समितिका संयोजक भरतप्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो, माडी–१ का वडा अध्यक्ष अमितकुमार लामा, २ का वडा अध्यक्ष डण्डपाणि पौडेललगायतको उपस्थिति रहेको थियो । उद्घाटन पूर्वयज्ञमा कलश यात्रा निकालिएको थियो ।

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतदेखि पनि दर्शनार्थी आउने गर्छन् । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा प्रशस्तै छन् । मरोट क्षेत्र नजिकैको चौरमा मेला लाग्ने गर्छ । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । प्राचिन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आÇनै आमाको हत्या गरेर पाप मोक्ष पाप पखाल्न गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड ९परशुराम कुण्ड० मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार कुण्ड अवलोकन गर्न र विशेष पर्वहरुमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । ठूलो धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram