Listen Live: 

चितवनमा होलीको रौनक बढ्दै, उच्छृङ्खल गतिविधिका कारण कसैलाई पनि पक्राउ गर्न नपरेको : प्रवक्ता नरहरि अधिकारी

Radio Chitwan
बिहिबार, चैत्र ३, २०७८

चितवन, चैत ३ । हिन्दू नेपालीहरुको माहान पर्वको रुपमा मनाइने होलीपर्वको पहिलो दिन आज चितवनमा होलीको रौनक देखिएको छ ।
गतवर्ष कोरोना महामारीको कारणले उत्साहका साथ मनाउन नपाइएको होली आज चितवन जिल्लाभर खुसी र उमंगका साथ मनाइएको हो ।
शहरका चोकचोकमा युवायुवतीहरु आपसमा रंग दलेर रमाइलो गर्दै छन् भने विभिन्न राजनीतिक दलहरु र संघसंस्थाहरुले पनि होली मनाइरहेका छन् । होलीमा उच्छृङ्खल गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार जिल्लामा कुनै उच्छृङ्खल गतिविधिका कारण कसैलाई पनि पक्राउ गर्न नपरेको बताए । शहरका चोकचोकमा प्रहरी चेकजाँचलाई कडा बनाइएको छ ।
होलीको टिसर्टलगाएर त्यनारायणी किनारमा दिनभर युवायुवतीहरु होली खेलेर रमाइलो गर्दै छन् । अर्कोतिर नारायणगढको नारायणी कला मन्दिरमा होली विशेष कार्यक्रम गरिएको छ भने शहरका विभिन्न रेष्टुरेन्टहरुमा स्थानीय कलाकारहरुको टोलीले होली विशेष सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । भरतपुर महानगरपालिका–११ को जखेडीमाई मन्दिरमा बुधबार साँझदेखि बाजागाँजाको साथ नाँचगान गर्दै स्थानीयले रमाइलो गरेका थिए । बिहान सबेरैदेखि मन्दिरमा दर्शन गर्ने दशनार्थीहरुको भीड लागेको थियो । चितवनमा आज र भोलि दुवै दिन होली पर्व मनाउने प्रचलन रहेको छ ।
व्यापार भने नबढेको व्यवसायीहरुको गुनासो
चितवन भूगोल तथा जनसंख्याको हिसाबल ठूलोे सहर हो । यो क्षेत्र व्यापार व्यवसायको लागि उत्तम मानिने भए पनि यसपटकको होलीमा राम्रो व्यापार नभएको नारायणगढका व्यवसायीको गुनासो छ ।

चितवनको पुलचोकमा लामो समयदेखि सापकोटा रेडिमेट फेन्सी चलाउँदै आएका चिन्तामणि सापकोटाको अनुसार एक हप्ता अघिदेखि बजारमा होलीको टिसर्ट आएको भए पनि खासै राम्रो व्यापार भने हुन नसकेको बताए । उनी भन्छन्, ‘ खासै राम्रो व्यापार हुन सकेन, भोलिसम्म तराईको होली रहेकोले राम्रो व्यापार हुन्छ कि भन्ने आशामा बसेको छु ।’ तर आज सम्मको व्यापार हेर्दा यो वर्ष झारिएको टिसर्ट बाँकी रहने उच्च सम्भावना छ । विगत दुई वर्षदेखि लकडाउन लागेको हुँदा देशमा आर्थिक संकट उत्पन्न भएकोले व्यापार नबढेको व्यवसायीहरुले बताए । आर्थिक संकटकै कारण यस वर्ष व्यापार व्यवसाय घटेको सापकोटाले जानकारी दिए ।
बिगत १७ वर्षदेखि फुटपाथमा व्यवसाय गर्दै आएका पप्पु गुप्ता भन्छन्, ‘गतवर्ष हालीमा ७–८ सय पिस टिसर्ट बिक्री भएको थियो । तर, यो वर्ष २०० पिस बिक्री हुन पनि मुस्किल भएको छ । व्यपारमा खडेरी लागेको उनको भनाइ छ । उनी भन्छन्, लकडाउन र कोरोनाको कारण यो वर्ष व्यापार खस्किएको हो ।’त्यस्तै अर्का रंग व्यवसायी हरिबहादुर भाई टीका र होलीलाई लक्षित गरेर रंगको व्यवसाय गर्छन् । होलसेलबाट रंग ल्याएर व्यापार गर्ने बताउदँै यो वर्ष गतवर्षको जस्तो व्यापार नभएको उनको भनाइ छ । एक आपसमा आत्मियता साट्ने रमाईलो गर्ने पर्व होली भएकोले आफू काठमाडौँबाट होली मनाउन चितवन आएको स्थानीय लीला कँडेल बताउँछिन् । तर, पछिल्लो समय बजारमा केमिकल मिसाएको रंग आउँदा आँखामा असर गर्न र छालामा विभिन्न समस्या देखिने गरेको उनको भनाइ छ । त्यस्तै बृद्धा शिता गिरी भन्छिन्, ‘आफूले नखेले पनि अरुले खेलेको देख्दा रमाइलो लाग्छ । तर, पछिल्लो समय चाडपर्वमा विकृति भित्रिएको देख्दा नरमाइलो लाग्ने गर्छ । त्यसैले सबै सर्वसाधारणलाई रमाइलो गरेर, रंग दलेर आत्मियताको साथ होली मनाउन उनको अनुरोध छ ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram