कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
कानुनी सयन्त्र र हालको अवस्था बिषयमा सोमबार नगरस्तरीय बालअधिकार समितिका पदाधिकारीहरु सँग एक दिने गोष्ठीको आयोजना

भरतपुर । कानुन अन्वेषण तथा श्रोत विकास केन्द्रले बाल संरक्षण, त्यसको कानुनी सयन्त्र र हालको अवस्था बिषयमा सोमबार नगरस्तरीय बालअधिकार समितिका पदाधिकारीहरु सँग एक दिने गोष्ठीको आयोजना गरेको छ ।
गोष्ठीमा बोल्दै नगर उपप्रमुख अधिकारीले कुनै पनि बालबालिका महानगरको न्यायिक दृष्टिबाट बन्चित नभएको प्रष्ट पारे ।
भरतपुर महानगरले हाल अभिभावक विहीन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाइ प्रदेश सरकारको सहयोगमा मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस बर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागि ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेब ढकालले जानकारी दिए ।
सन् २०१७ मा गरिएको एक तथ्यांकअनुसार ७६ प्रतिशत बालबालिकाहरु असुरक्षित रहेको देखाएको छ जसमध्ये ११ हजार बालबालिकाहरु जोखिममा रहेका छन् ।
कार्यक्रममा भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, भरतपुर महानगरपालिका स्वास्थ तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरीक्षक सरिता बिश्वकर्माको उपस्थिति रहेको थियो ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]