कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको माडी नगरपालिकामा सबैभन्दा धेरै परिवार खरपरालकै छानोमुनि बसोवास गर्दै

भरतपुर । चितवनको माडी नगरपालिकामा सबैभन्दा धेरै परिवार खरपरालकै छानोमुनि बसोवास गर्दै आएको पाइएको छ ।
केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को विस्तृत प्रतिवेदनले चितवनको माडी नगरपालिकामा खरपरालको छानोमुनि बसोवास गर्ने परिवार संख्या बढी देखाएको हो । चितवनका सात पालिकामध्ये माडी नगरपालिकामा ८.७ प्रतिशत परिवार खरपरालको छानोमुनि बसोवास गरेको पाइएको हो ।
माडीपछि खरपरालको छानोमुनि बसोवास गर्ने परिवार इच्छाकामनामा बढी छन् । इच्छाकामनामा ४.१ प्रतिशत परिवार खरपरालको छानोमुनि बसोवास गरेको पाइएको छ ।
यस्तै, राप्ती नगरपालिकामा २.६ प्रतिशत परिवार खरपरालको छानोमुनि बसोवास गरेका छन् । जनगणना–२०७८ अनुसार कालिकामा खरको छानोमुनि बसोवास गर्ने परिवार १.६ प्रतिशत छन् । रत्ननगर नगरपालिकाको तुलनामा खरको छानोमुनि बसोवास गर्ने परिवार भरतपुरमा बढी छन् ।
जनगणनाअनुसार भरतपुरमा ०.९ प्रतिशत परिवार खरको छानोमुनि बसोवास गर्दै आएका छन् भने रत्ननगरमा ०.६ प्रतिशत परिवार खरपरालको छानोमुनि छन् । खैरहनी नगरपालिकामा १ प्रतिशत परिवार खरपरालको छानोमुनि रहेका छन् ।
चितवन जिल्लाभर १.६ प्रतिशत परिवार खरपरालको छानोमुनि बसोवास गर्दै आएको जनगणनामा उल्लेख छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरिब तथा विपन्नलक्षित कार्यक्रमअन्तर्गत ‘खरको छानोमुक्त अभियान’ थालेको थियो, कोरोना कहरसँगै यो अभियानलाई सरकारले सार्थकता दिन सकेको थिएन । कतिपय स्थानीय पालिकाले आफ्नै स्रोतले खरको छानोमुक्त अभियान चलाएका छन् ।
चितवनमा ८०.३ प्रतिशत परिवारको आफ्नै घर छ । १८ प्रतिशत परिवार भाडामा बस्ने छन् । चितवनको राप्ती नगरपालिकामा ९३.७ प्रतिशत परिवारको आफ्नो घर छ भने भाडामा बस्ने परिवार ५.२ प्रतिशत छन् ।
यस्तै, कालिकामा ९४.१ प्रतिशत परिवारको आफ्नो घर छ । कालिकामा भाडामा बस्ने परिवार ५.२ प्रतिशत छन् । इच्छाकामनामा ८८.६ प्रतिशत परिवारको आफ्नो घर छ भने १०.८ प्रतिशत परिवार भाडामा बस्ने छन् ।
सबैभन्दा बढी परिवार भरतपुर महानगरमा भाडामा बस्ने छन् । भरतपुर महानगरमा २५.४ प्रतिशत परिवार भाडामा बस्ने छन् । भरतपुर महानगरमा ७२.६ प्रतिशत परिवारको आफ्नो निवास रहेको जनगणनामा उल्लेख छ ।
यस्तै, भरतपुर महानगरपछि रत्ननगर नगरपालिकामा भाडामा बस्ने परिवार धेरै छन् । रत्ननगरमा १५.४ प्रतिशत परिवार भाडामा बस्ने छन् भने ८३.३ प्रतिशत परिवारको आफ्नो घर छ । खैरहनी नगरपालिकामा ८६.७ प्रतिशत परिवारको आफ्नो घर छ भने ११.७ प्रतिशत भाडामा बस्ने छन् । माडी नगरपालिकामा ९४.६ प्रतिशत परिवारको आफ्नो घर छ भने ३ प्रतिशत परिवार भाडामा बस्ने रहेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]