Listen Live: 

इच्छाकामना–७, भालुमारास्थित संगम टोलका सुकुमबासी बस्ती निर्माणको क्रममा

Radio Chitwan
सोमवार, चैत्र १३, २०७९

भरतपुर । इच्छाकामना–७, भालुमारास्थित संगम टोलका सुकुमबासी बस्ती निर्माणको क्रममा छ । तर, समयमै घर निर्माण नगरिदिँदा स्थानीयहरु हावाहुरीको जोखिम मोलेर त्रिपालमुनि बसिरहेका छन् । दुई दिनमा बन्छ भनेर घर भत्काए पनि महिनादिनसम्म पनि घर तयार नभएको स्थानीयको गुनासो छ । ‘नयाँ घर पाइन्छ भनेर पुरानो छाप्रो भत्काइयो, अहिलेसम्म बाहिरै बस्नु परेको छ’, स्थानीय सीताराम मोक्तान भन्छन्, ‘घर जस्तो बनाए पनि समयमै बनाइदिए हुन्थ्यो ।’

तर, बन्दै गरेको घरको ‘डिजाइन’ भने गाउँलेलाई मन परेको छैन । ‘घर त बनाइदियो, तर भुइँ ढलान पनि छैन । घर पनि त्यत्ति भरपर्दो लागेन’, स्थानीय सुकमाया परियारले भनिन् । २०७२ सालको भूकम्पले तर्साएको याद ताजै छ, त्यसैले पनि त्यस्तै खालको विपद् आए कहाँ जाने भन्ने चिन्ता उनलाई छ ।

सुरक्षित पनि नहुने र बाछिटो पर्दा पानी छिर्ने सम्भावना रहेको हुँदा गाउँलेले यो डिजाइन मन नपराएका हुन् । स्थानीयबाट व्यापक गुनासो आएपछि वडा अध्यक्ष बमबहादुर थापामगरले डिजाइन परिवर्तन गरेरमात्रै अन्य घर निर्माण गरिदिन ठेकेदार कम्पनी र इन्जिनियरलाई भनेका थिए । यो कुरा पालिकामा समेत जानकारी गराएका थिए ।

अन्ततः गाउँपालिकाले स्थलगत अवलोकन गरेपछि कार्यपालिकाको बैठक बसेर बन्न बाँकी रहेका घरलाई डिजाइन परिवर्तन गरेरमात्रै निर्माण गर्ने निर्णय गरेको वडा अध्यक्ष मगरले जानकारी दिए । ‘दुई/चार दिनमै घर तयार हुन्छ भन्दै इन्जिनियरले यस्तो डिजाइन गरेर घर बनाउन थाल्यो’, उनले भने, ‘तर निर्माण सकिँदासम्म घर हेर्दा असुरक्षित लाग्यो । गाउँलेबाट पनि भएन भन्ने गुनासो आएपछि पालिकाबाट डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ ।’

उनका अनुसार डिजाइन परिवर्तनपछि आइतबारबाटै नयाँ जग खन्ने कामसमेत सुरू भएको छ । ‘बनिसकेको घरलाई भत्काउने कुरा आएन’, उनले भने, ‘बन्न बाँकी रहेका घरलाई चाहिँ अर्कै डिजाइनमा निर्माण गर्ने निर्णय भएअनुसार नै जग खन्न थालिएको छ ।’ यसपटक बन्न लागेको १९ वटा घरमध्ये करिब १० घर निर्माण भइसकेका छन् । सिमेन्टको पोलको खापामा सिमेन्टकै फलेक राखेर घर निर्माण गरेको हुँदा कतिपय फलेक राख्दाराख्दै भाँचिएका छन् ।

घरभित्रै हावापानी छिर्ने र फलेक भाँचिने डर हुने देखिएपछि स्थानीयले अघिल्लो वर्ष बनेको घरजस्तै बनाइदिन माग गरेका थिए । स्थानीयको गुनासोअनुसार निर्माण कम्पनीलाई आग्रह गर्दा पनि नमानेपछि स्थानीयको गुनासो बोकेर वडा अध्यक्ष मगर गाउँपालिका पुगेका थिए । योसँगै यो बस्तीमा अब दुईथरी घर हुने भएका छन् । बनिसकेको घर हस्तान्तरण नभए पनि केही घरले बाहिर हावाहुरीको डर हुने हुँदा प्रयोग गर्न थालिसकेका छन् ।

बन्न बाँकी घरधनीहरुले पनि मौसमलाई ध्यानमा राख्दै समयमै घर बनाइदिन आग्रह गरिरहेका छन् । वडा अध्यक्ष मगरको परिवारले पुस्तौँदेखि भोगचलन गर्दै आएको करिब दुई बिगाहा जमिनमा सुकुमबासी बस्ती निर्माण गरेको हो । केन्द्र सरकार र प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती निर्माण गरिएको हो । कुल ६२ घरधुरी रहेको यो बस्तीमा १६ वटा घर गत वर्ष नै निर्माण भइसकेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram