चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
पानी खुवाएको एक घण्टामा कालिका नगरपालिका–९ दोगाराका सिताराम थापाले पालेका सबै पशु मरे

चितवन, चैत १३–
चितवनको कालिका नगरपालिका–९ दोगाराका सिताराम थापाले पालेका सबै पशु मरेका छन् । आइतबार दिउँसो ३ बजेको समयमा पानी खुवाएपछि एक घण्टाभित्र सबै पशु मरेको कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार पानी खाने वित्तिकै पशुहरु काम्न थालेका थिए । त्यसको केहि बेरमै पशुहरु मरेका हुन् । पानीमै विष मिसिएको हुन सक्ने आशंका गरिएको उनले बताए । पशुको पोष्टमार्टम रिपोर्टबाट कारण नखुलेपछि नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए ।
‘बिहानदेखिको कुँढोमा धाराको पानी हालेर दिउँसो ३ बजेतिर सबै पशुलाई दिनुभएको रहेछ । त्यसको एक घण्टाभित्रै सबै पशु मरेछन् । कुनै रोगले त्यति छिटो पशु मर्दैन, पानीमा विष नै थियो कि भनेर नमुना परीक्षण गर्दैछौँ’, उनले भने ।
किसान थापाले पालेका एउटा ब्याउने भैंसी, एउटा ठूलो गाई, तीन माउ बाख्रा र दुई वटा खसि मरेका हुन् । पानी खाएपछि सबै पशुको पेट फुलेको थियो । त्यसपछि सबै पशु फिज काट्दै मरेका थिए । घटनाको बिषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]