Listen Live: 

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन परिचालन संयोजक तोके

Radio Chitwan
आइतवार, चैत्र १२, २०७९

चितवत, चैत १२(

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन परिचालन संयोजक तोकेको छ ।

वैशाख १० मा हुने उपनिर्वाचनका पार्टीका उपसभापति डोलप्रसाद अर्यालालाई चितवन–२ निर्वाचनमा संयोजनको जिम्मेवारी दिइएको हो ।

त्यसैगरी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई तनहुँ–१ र केन्द्रीय सदस्य गणेश कार्कीलाई बारा–२ मा तोकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
चितवन–२ मा सभापति रवि लामिछाने नै उम्मेदवार हुनेछन् । अन्य दुई क्षेत्रको उम्मेदवार चयन भने भइसकेको छैन । आकांक्षीहरुका बीचमा प्रतिस्पर्धा गराएर उम्मेदवार चयन गरिने रास्वपाले जानकारी गराएको छ ।

बारा–२ मा उम्मेदवारी चयन तथा अन्य तयारीका लागि सांसद मनिष झा समेत खटिने भएका छन् । बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीको आन्तरिक तयारीका लागि आइतबार क्षेत्रमा सांसद झा जान लागेको केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।

उक्त क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सांसद पद रिक्त रहेको छ । कांग्रेस, माओवादी लगायतका सत्ताधारी दलले यस क्षेत्रमा जनता समाजवादी पार्टीलाई सघाउने संकेत गरेका छन् ।

तनहुँ १ मा निर्वाचन तयारी गर्नका लागि रास्वपाका सहमहामन्त्री क्षेत्रमा खटिइसकेका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि त्यहाँ पुन निर्वाचन हुन लागेको छ । कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने चर्चा छ । कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार सोमबार तय गर्ने निर्णय गरेको छ ।

तनहुँ १ मा रास्वपाबाट मंसिरमा पराजित विकास सिग्देल, नमस्तेलाल भूमि श्रेष्ठ लगायत आकांक्षी छन् । बन्दिपुरका श्रेष्ठ सामाजिक कार्यमा क्रियाशील व्यक्ति हुन् । ‘आकांक्षीहरु बीचमा प्रतिस्पर्धा गरिन्छ । १६ गतेसम्म पार्टीभित्र उम्मेदवारी दर्ता गर्ने समय छ,’ गण्डकी प्रदेशका रास्वपा इन्चार्ज झबिलाल डुम्रेले भने, ‘अनलाइन मार्फत भएको भोटिङमा जसले बढी मत ल्याउनहुन्छ, उहाँ नै उम्मेदवार हुनुहुन्छ ।’ १९ गते साँझ ७ बजे उम्मेदवार निश्चित हुने डुम्रेले जानकारी दिए । आकांक्षी उम्मेवार छान्नका लागि क्षेत्रका क्रियाशील पार्टी सदस्यले मत दिन पाउने छन् । रास्वपाले उपनिर्वाचन हुने क्षेत्रमा तालमेल नगर्ने निर्णय गरिसकेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram