Listen Live: 

राप्ती नगरपालिकाका मेयर शमशेर लामा शनिबार नगरवासीको घरदैलोमा

Radio Chitwan
आइतवार, चैत्र १२, २०७९

राप्ती । राप्ती नगरपालिकाका मेयर शमशेर लामा शनिबार नगरवासीको घरदैलोमा पुग्ने गरेका छन् । उनी निर्वाचित भएदेखि प्रत्येक शनिबार नगरवासीको घरदैलोमा पुग्दै आएका हुन् ।

जनताका समस्या, गुनासा सुन्दै आगामी वर्षको बजेटमार्फत सम्बोधन गर्न आफू बिदाको दिन शनिबार पनि जनताको घरघरमा पुग्दै आएको मेयर लामाले बताए । प्रत्यक्षरुपमा उनीहरुसँग भेटघाट गर्दा समस्या पहिचान हुने र सम्बोधनका लागि सहज हुने भएकाले शनिबारीय अभियान सुरू गरेको उनले बताए । ‘हामी निर्वाचित भएको यो पहिलो वर्ष हो’, मेयर लामाले भने, ‘कहाँ कस्तो समस्या छ, गर्नुपर्ने काम के छ, त्यसको पहिचान हुने र आगामी रणनीति बनाउन यसले मद्धत पुग्नेछ ।

विषेशगरी उनले दीनदुःखीको घरमा पुग्ने कामलाई प्राथमिकता दिने गरेको बताउँछन् । त्यस्ता परिवारको घरमा पुगेर उनले समस्या र गुनासा सुन्नेमात्र नभई तत्काल आवश्यक सहयोग गर्ने पनि उनको भनाइ छ । लामाले भने ‘समस्यामा परेका तत्काल आवश्यक सहयोग गर्छु, अन्य सहयोगका लागि सहजीकरण गर्ने गरेको छु ।’

मेयर लामाले आफ्नो पाँच वर्षे कार्यकालमा त्यस्ता परिवारका लागि पाँच सय घर निर्माण गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यो वर्ष एक सय घर निर्माण गर्ने अभियानमा उनी छन् । कतिपय ठाउँमा अहिले त्यस्ता परिवारका लागि घर निर्माण भइरहेको छ ।

शनिबार मेयर लामाले निर्माणाधीन घरहरुको अनुगमन गरेका छन्् । मेयर लामाले आफ्नो नगरपालिका पहाड र समथर भूभाग मिलेर बनेको भन्दै दुवै भूगोललाई समान विकास गर्नेगरी लागिपरेको समेत बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram