कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
वर्षात् ढिलो भइदिँदा पहाडका कृषकले समयमै मकै छर्न पाएनन्

ज्यानदाला । चितवनको पहाडी भेगमा माघको अन्तिम तथा फागुनको पहिलो हप्ता मकै लगाउने मुख्य समय हो । तर, यसपटक वर्षात् ढिलो भइदिँदा पहाडका कृषकले समयमै मकै छर्न पाएनन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने स्थानमा केहीले धुलैमा मकैको बीउ खसाले भने केहीले पानी परेपछि । फागुनको अन्तिमसम्म पनि पानी नपरेपछि अधिकांश किसानले उत्पादन ढिला हुने भएकोले आकाशे पानी पर्खिएनन् । र, धुलोमै मकै रोपे । चैत पहिलो साता पानी आएपछि भने किसानलाई भ्याइनभ्याई छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं.१ मा पर्ने ज्यानदाला गाउँका किसान यतिखेर हलगोरू लिएर बारीमै व्यस्त छन् । पानी परेर जमिन भिजेपछि जतिसक्दो चाँडो मकैको बीउ खसाल्ने ध्याउन्नमा छन्, यहाँका किसान । शतप्रतिशत चेपाङ समुदायको बसोवास रहेको ज्यानदाला र आसपासका गाउँमा केही दिनयता यही कामले प्राथमिकता पाएको छ । खेती लगाउने बेलासम्म पनि पानी आउने आशामा रहेका यहाँका किसानले पानी नआएपछि फागुन २४ बाट मकै लगाउन सुरू गरेका हुन् ।
धुलैमा खसालेको बीउ पानी परेर जमिन भिजेपछि बल्ल उम्रिन थालेको छ । ‘समयमै पानी पर्न सकेन । त्यही भएर मकै रोप्न ढिला भयो,’ ज्यानदालाका स्थानीय खड्काबहादुर चेपाङले भने, ‘त्यसै त वर्षभरि खान पुग्दैन । झन् समयमै बाली लगाउन नपाएपछि के होला भन्ने चिन्ता छ ।’ उनका अनुसार हलगोरू आफैँले पालेका किसानलाई पानी परेदेखि फुर्सद छैन । ‘आफ्नो सकिए पनि छिमेकीको बारी जोत्न हिँड्नु परेको छ,’ उनी भन्छन्, ‘पानीले भिजेको बेला जोतपात नगरे केही दिन पानी आएन भने फेरि सुकिहाल्छ । त्यसमा पनि मकै लगाउने समय गइसक्यो ।’
पहाडको टाकुरामा चिसो मौसमका कारण दुई खेतीभन्दा हुँदैन । त्यो पनि समयमै लगाउन नपाए उत्पादन घट्छ । स्थानीय होमबहादुर चेपाङ भन्छन्, ‘फागुनको आखिरीसम्मै भए पनि बीउ खसाल्न पाए अलि चाँडो पाक्थ्यो । र, उत्पादन पनि केही बढ्थ्यो । तर, यसपाला ज्यादै ढिला भयो ।’ यहाँका किसानले मकै पाकेपछि कोदो लगाउँछन् । ‘यसपालि त मकै गोड्ने र कोदो रोप्ने सँगै होला जस्तो छ ।’
त्यसै पनि कोदो रोप्न ढिला हुने हुँदा मकैभित्रै कोदो रोप्नुपर्ने बाध्यता छ, यहाँका किसानलाई । ‘बजारबाट बोरा नतानी छाक टार्न मुस्किल हुने ठाउँमा आउँदो वर्ष झन् धेरै बोरा तान्नुपर्ने सम्भावना देखियो,’ उनी भन्छन्, ‘पखेरो बारीमा फलेको कोदो र मकैसँग आलोपाँचो गरेर खानको लागि चामलको बोरा थोरै भिœयाए पनि हुन्थ्यो । यसपालि धेरै नै भिœयाउनुपर्ने देखियो ।’
चितवनकै सबैभन्दा उच्च पहाड सिराइचुलीको काखमा रहेको यो गाउँका चेपाङ समुदाय आत्मनिर्भरतर्फ केन्द्रित छन् । उनीहरुले पखेरो बारी भए पनि माटोअनुसारको खेतीपाती गर्दै आएका छन् । पहिलेपहिले रैथाने जातका मकैमात्रै लगाउँदै आएका चेपाङहरुले अहिले बजारबाट आउने बीउ ‘विकासे’ मकै पनि रोप्न थालेका छन् । रैथाने मकैको तुलनामा विकासे मकैको उत्पादन केही बढी हुने हुँदा त्यसतर्फ यहाँका किसान आकर्षित भएका हुन् ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]