कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
व्यवसाय नचलेपछि व्यवसायीले सटर खाली गरेर घरधनीलाई बुझाए चाबी

कुनै समय चितवनको नारायणगढ बजारमा सटर पाउँन मुस्किल पर्दथ्यो । सटरका लागि अतिरिक्त पैसा बुझाउनुपर्ने व्यवसायीको बाध्यता थियो । तर, हिजोआज भरतपुर र नारायणगढका मुख्य ठाँउमा नै सटरहरु खाली देखिन्छन् । व्यवसाय नचलेपछि व्यवसायीले सटर खाली गरेर घरधनीलाई चाबी बुझाएका हुन् । सटर खाली हुने क्रम बढेको छ ।
भरतपुरको सिनर्जी रोडमा ममलिक्स रेष्टुरेन्ट सञ्चालन गरेर भरतपुरबासीलाई नयाँ स्वादका ममको परिकार बेचिरहेकी सोनी दवाडीले अहिले रेष्टुरेन्ट बन्द गरेको १५ दिन भयो । नेपालमा खासै लगानी र व्यापारको सम्भावना नदेखेपछि उनले सटर बन्द गरेकी हुन् । आजभन्दा चार वर्ष अगाडि सप्तगण्डकी बहुमुखी क्याम्पसबाट बीबीएस पूरा गरेकी उनले नेपालमा नै केही उद्यम गर्ने विदेश नजाले भनेर उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष सहनलाल प्रधानलाई बोलाएर निकै राम्रो कार्यक्रम गरी रेष्टुरेन्टको उद्घाटन गराएकी थिइन् । देशको अवस्था देखेर उनको मन अहिले फेरिएको छ । उनले नारायणी अनलाइनलाई भनिन्, ‘ देशको राजनीतिदेखि आर्थिक क्षेत्र झनै डामाडोल छ । देशको राजनीतिक र आर्थिक कुराले व्यवसायमा असर गर्ने रहेछ ।’ उनले भरतपुर र नारायणगढ क्षेत्रमा सडक विस्तार र आर्थिक मन्दीको कारणले पनि रेष्टुरेन्ट सेक्टर डामाडोल हुन थालेको बताइन् । उनले भनिन्, ‘ व्यवसायीहरुमा नेपालमा केही हुन्छ भन्ने धैर्यता र लगानीको सुनिश्चिता नै भएन ।’ चितवन माविको साइडमा रहेको भरतपुरकै निकै लोकप्रिय अनुशा रेष्टुरेन्ट पनि अहिले बन्द छ । । अष्ट्रेलियाबाट नेपाल फर्किएर निकै ठूलो लगानीमा खोलिएको सप्तगण्डकी चोकको सिटी लाइट रेष्टुरेन्टका सञ्चालकहरु पनि अहिले फेरि विदेश फर्किसकेका छन् । रेष्टुरेन्ट भने स्टाफहरुले चलाइ रहेका छन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ आर्थिक मन्दी र सटरको भाडा बृद्धिलगायतका कारणले व्यवसायमा समस्या देखिएको बताउँछन् । विभिन्न व्यवसायका दुई भन्दा बढी आउटलेटलाई व्यवसायीले एउटैमा मर्ज पनि गरेका छन् । ‘ मन्दीले गर्दा बिक्री वितरणमा कमी आएको छ । भाडा र बैंकको व्याज तिर्न व्यवसायीलाई समस्या भइरहेको छ’, उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले भने । ‘अफ लोकेशन’मा रहेका केही व्यवसाय बन्द देखिए पनि ‘प्राइम लोकेशन’का व्यवसायहरु भने बन्द भइनसकेको उनी बताउँछन् । उद्योगले ३५ प्रतिशत भन्दाबढी उत्पादन गर्न नसकिरहेको उनले बताए ।
होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले होटल व्यवसाय क्षेत्रमा कोरोना महामारीकै बेलादेखि असर पर्दै आएको बताए । आर्थिक मन्दीका बेला बैंकले कर्जा प्रवाह नगर्ने, व्याज बृद्धि गर्ने जस्ता कारणले गर्दा कतिपय व्यवसायीले घरभेटीलाई पसल जिम्मा लगाएर छाड्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
‘चितवनको हकमा करिब सात जना व्यवसायी पलायन भइसकेको अवस्था छ । व्यवसायीले होटल चलाउन नसकेपछि कतिपय घरभेटीले आफैले चलाएका छन् । कतिपयले फेरि अर्कोलाई सस्तो भाडामा दिएका छन’, उनले भने । चितवनका साना ठूला गरी करिब ६०० होटल तथा रेष्टुरेन्ट होटल व्यवसायी संघमा आबद्ध छन् । होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हड्खोले व्यवसायीले ग्राहक कुर्ने मात्रै काम भएको बताउँछन् । ‘घरभेटीलाई नै व्यवसाय सुम्पेर हिड्नुपर्ने अवस्था भइसक्यो । नारायणगढमा त झन् बन्दै गरेको बाटोले गर्दा व्यवसाय चौपट भएको छ’, उनले भने ।
भरतपुरको सिजी ल्याण्डमार्क मलका म्यानेजर उज्वल केसीले आर्थिक मन्दीको प्रभाव सबै क्षेत्रमा परेको बताए । उनले भने, ‘बैँक तथा सहकारीले लगानी गर्न छाडेका छन्, नयाँ पसल खुल्ने वातावरण छैन । उनले पुराना व्यवसायीहरु पनि धरासायी बन्दै गइरहेको बताए । देशमा महंगी दिनप्रतिदिन बढ्यो तर नागरिकको क्रयशक्ति बढेको छैन, दिल खोलेर खर्च गर्ने अवस्था छैन ।’ उनले मलका व्यवसायीलाई छुट दिएरै भए पनि टिकाउनुपर्ने अवस्था आएको भन्दै उनले व्यवसायीको राज्यले आर्थिक संकट समाधान गर्न ठोस पहल गर्न नसके अवस्था झन् गम्भीर बन्ने बताए । मलमा झण्डै ६५ विभिन्न ब्राण्डका व्यवसायिक पसलहरु रहेका छन् । केसीले मलमा ८ वटा सटर खाली रहेको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]