Listen Live: 

चितवनका १२५ जना पत्रकारहरुको आँखा परीक्षण

Radio Chitwan
आइतवार, चैत्र १२, २०७९

चितवनका १२५ जना पत्रकारहरुको आँखा परीक्षण गरिएको छ ।

नेपाल पत्रकार महासंघ र नेपाल नेत्र ज्योति संघको स्थापना दिवसको सन्दर्भमा गरिएको आँखा शिविरमा भरतपुर आँखा अस्पतालमा पत्रकारहरुको आँखा परीक्षण गरिएको हो ।

आँखा रोग विशेषज्ञ डाक्टर हिमाल गिरीले अधिकाँश पत्रकारहरुमा दृष्टि दोषको समस्या देखिएको बताए । मोबाइल, ल्यापटप, कम्प्युटरमा बढी काम गर्नुपर्ने भएकाले आँखाको दृष्टि कमजोर बन्न लागेको पाइएको बताए । कुनै पनि वस्तुलाई राम्ररी ठम्याउन नसक्ने समस्यालाई दृष्टि दोषको समस्या भन्ने गरिन्छ । टाढाको दृष्टीदोष भएकालाई प्लस पावरवाला चश्मा र नजिकको दृष्टीदोष भएकालाई ‘माइनस’ पावरवाला चश्मा सिफारिस गरिएको बताए । केही पत्रकारहरुको आँखामा सुख्खापन पाइएको बताए । सुगर, प्रेसरका कारणले पनि केहीमा आँखामा नकरात्मक असर परेको पाइएको उनले बताए । शिविरमा नेपाल पत्रकार महासंघको सदस्यता लिएका र क्रियाशिल पत्रकारहरुको आँखा परीक्षण गरिएको थियो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारहरुको आँखा स्वास्थ्यको अवस्था पत्ता लगाउन शिविर उपयोगी भएको बताए ।

आँखा संवेदनशिल अंग भएकाले आँखा सुरक्षामा ख्याल गर्नुपर्नेमा जोड दिए । धेरै समयसम्म डिजिटल उपकरणको प्रयोग र पर्याप्त बिश्रामको कमीले गर्दा आँखाको समस्या भोग्नुपरेको बताए । नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य चिजकुमार मास्केले पत्रकारहरुको आँखा उपचारमा आजिवन सदस्य सरह ४० प्रतिशत छुट दिइने घोषणा गरे । शिविरमा चस्मा लगाउन सिफारिस भएका पत्रकाहरुलाई चस्मा समेत वितरण गरिएको थियो । चस्मा, औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

उनले डिजिटल उपकरण प्रयोग गर्दा उचित दूरी व्यवस्थापन, प्रर्याप्त पानी खाने, चस्माहरुको प्रयोग गर्न सुझाए । उनले कम्प्युटर स्क्रिन आफ्नो आँखाबाट २० देखि २६ इन्च टाढा र आँखास्तरभन्दा तल राख्न समेत सुझाए । आँखा शिविर कार्यक्रमका संयोजक पत्रकार विप्लव काफ्लेले दुई जना जेष्ठ पत्रकारहरुको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पाइएको बताए । उनका अनुसार आँखामा केही जटिल समस्या देखिएका पत्रकारहरुलाई फलोअपका लागि बुधबार भरतपुर आँखा अस्पताल बोलाइएको जानकारी दिए ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ चितवनका सभापति कृष्णराज धरेल, बागमती प्रदेश सभापति एवम् केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल, लायन्सका डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर सिदार्थलाल चुके, पूर्वगर्भनर प्रभातकुमार जोशी, संघका केन्द्रीय उपसभापति जयराम श्रेष्ठ, अस्पतालका प्रशासक दयाशंकर चौधरी, पत्रकार महासंघ चितवनका सल्लाहकार तिलकराम रिमाल, निर्वतमान अध्यक्ष राधेश्याम खतिवडा, पूर्वअध्यक्ष जनक अर्याल, विष्णु छिमेकीलगायतको सहभागिता रहेको थियो । २०१२ चैत १६ गते स्थापना भएको नेपाल पत्रकार संघ पछि २०५३ जेठ २९ मा महासंघमा रुपान्तरण भएको थियो । महासंघले चैत १६ गते ६८ औँ स्थापना दिवस मनाउँदै छ । १३ गते नेत्रज्योति दिवस र १८ गते नेत्र ज्योति संघको स्थापना दिवस मनाइँदै छ । भरतपुर आँखा अस्पताल २०४४ साल चैत १८ गते स्थापना भएको थियो । अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा लगायतका सेवाहरु दिँदै आइरहेको छ । अस्पतालमा दैनिक ८०० जनाले आँखा उपचार सेवा लिँदै आएका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram