Listen Live: 

यातायात व्यवस्था कार्यालय चितवनमा आजदेखि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको सेवा सुरु

Radio Chitwan
आइतवार, चैत्र १२, २०७९

चितवन, चैत १२–

यातायात व्यवस्था कार्यालय चितवनले आजदेखि सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको सेवा सुरु गरेको छ । लाइसेन्स वितरणको लागि आजदेखि अनलाइन आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय अगाडिको सरकारी संरचना गेष्ट हाउस भवनमा सरेको यातायात कार्यालयले दैनिक ५०० जनाको कोटामा आवेदन खुलाएको हो ।

अनलाईन आवेदन फारम भरेका सेवाग्राहीको वायोमेट्रिक चैत २६ गतेको लागि राखिएको छ । बायोमेट्रिकमा आँखा परीक्षण गर्ने, फोटो खिच्ने, डिजिटल हस्ताक्षर लिनेलगायतको काम हुन्छ । बायोमेट्रिक दिएका सेवाग्राहीले लाइसेन्सको लागि लिखित परीक्षा दिनुपर्छ । लिखित परीक्षामा पास भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षा ९ट्रायल०मा संलग्न गराइन्छ ।

लिखित र ट्रायल परीक्षाको दिन यातायात कार्यालयले तोक्ने छ । लिखित परीक्षा यातायात कार्यालयमा नै हुनेछ भने ट्रायल परीक्षाको लागि भरतपुर–९ स्थित महालक्ष्मी मोटर ड्राइभिङ छनोट भइसकेको छ ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram