Listen Live: 

चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा सम्पन्न महाधिवेशनबाट नेपाल कराते महासंघको अध्यक्षमा पुनः युवराज लामा चयन

Radio Chitwan
आइतवार, चैत्र १२, २०७९

चितवन, चैत १२–

चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा सम्पन्न महाधिवेशनबाट नेपाल कराते महासंघको अध्यक्षमा पुनः युवराज लामा चयन भएका छन् । दशकपछि भएको महाधिवेशनबाट लामाको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी चयन भएका छन् । उपाध्यक्षमा ६ जना निर्विरोध चयन भएका छन् । उपाध्यक्ष हुनेहरुमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्र बहादुर सिंह, ओमकृष्ण प्रसाई, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन् । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भएका छन् । सचिवहरुमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रामबहादुर सिंह ठकुरी, संजय सुन्दर शैंजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाही कुमारी तिनुङ चयन भएका छन् । यस्तै अध्यक्ष लामाले पुनः दुई जना सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

यसैगरि महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवास गोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन् ।

महाधिवेशनको शनिबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गरेका थिए । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागि भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन ९डब्लूकेएफ०ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको यो ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram