कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरका महिलाहरुले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गरेको सामाजिक रुपान्तरण अभियान नेपाल नामक संस्था शुक्रबार उद्घाटन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरका महिलाहरुले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गरेको सामाजिक रुपान्तरण अभियान नेपाल नामक संस्था शुक्रबार उद्घाटन गरिएको छ ।
रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले शुक्रबार रिवन काटेर संस्थाको उद्घाटन गरेका हुन् । पूर्वी चितवनका २१ जना महिलाहरु मिलेर संस्थाको दर्ता प्रक्रिया पुरा गरेर शुक्रबार औपचारिक रुपमा रत्ननगर १ मा कार्यालय स्थापना गरि संस्थाको उद्घाटन गरिएको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर पाठकले सामाजिक संस्थाहरुले विपन्न बस्तीलाई पहिलो प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले नगरभित्र विपन्न परिवारको संख्या धेरै रहेको भन्दै उनीहरुको जीवनस्तर उकास्न बस्तीमै पुगेर काम गर्न संस्थालाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष रिता काप्रीले संस्थाले विपन्न, महिला तथा बालबालिका, अल्पसंख्यक लगायतलाई लक्षीत गरि काम गर्ने बताईन ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा , वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेल, नगरपालिकाका विज्ञ सल्लाहकार रामहरी न्यौपाने, वडा सदस्य गिरीराज लम्साल, विन्दु मगराती, कार्यपालिका सदस्य बबिता चौधरी, नवदुर्गा आमा समूहक अध्यक्ष संगिता खनाल , सामाजिक व्यक्तित्व गोविन्द गौतम लगायतको उपस्थिति रहेको थियो ।
संस्थाकी सचिव अनिता अर्यालले संचालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष संगिता उप्रेतीले स्वागत मन्तव्य राखेकी थिइन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]