कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार चितवन आउने

चितवन, चैत १०–
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार चितवन आउने भएका छन् ।
नेपाल कराते महासंघको महाधिवेशन समुद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड चितवन आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड विहान १०ः३० बजे हेलिकप्टर मार्फत चितवन आउन लागेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले जानकारी दिए । ‘महाधिवेशनको सबै तयारी पुरा भइसकेको छ, भोलि प्रधानमन्त्री ज्यूले कार्यक्रमको समुद्घाटन गर्नुहुनेछ’–संयोजक भट्टराईले भने ।
महाधिवेशन पटिहानीस्थित कवर्डहलमा हुन लागेको हो । महाधिवेशनमा सहभागि हुन आउने सबै प्रतिनिधिहरु चितवन पुग्ने क्रम जारी रहेको संघका अध्यक्ष युवराज लामाले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्ड ज्यूले उद्घाटन गर्ने महाधिवेशनमा सहभागि हुन देशभरबाट प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ, रातिसम्ममा सबै आइसक्ने छन्, समयमै कार्यक्रम गर्नेछौं’–अध्यक्ष लामाले भने ।
महाधिवेशनलाई सफल र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नं।२२ ले पनि सहकार्य गरेको छ । वडा अध्यक्ष विष्णुराज महतोले भने–‘प्रधानमन्त्री ज्यू आउनुहुने भएपछि यहाँ छुट्टै माहोल बनेको छ, कार्यक्रमलाई व्यवस्थित बनाउन हामी सबै लागि परेका छौं ।’
दशक लामो विवाद र उतारचढावपछि नेपाली करातेले लय लिन लागेको छ । २०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवादले ठूलो रुप लियो । संयोगले १० वर्षपछि लामाले नै करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी पाएका छन् ।
गत माघ १२ गते राखेपले पूर्व सदस्यसचिव लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने म्यान्डेट दिएको थियो । त्यही अनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर शनिबार साधारणसभा तथा अधिवेशन हुन लागेको हो । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागि हुन लागेको संघका अध्यक्ष लामाले जानकारी दिए ।
कराते महासंघको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट ५–५ जनाका दरले ३५ जना तथा महासंघमा आवद्ध चार विधाहरु ९सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान० करातेबाट ५–५ का दरले २० गरी कुल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् । करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति रहनेछ । तीमध्ये हरेक प्रदेशबाट १–१ गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउनेछ । अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ७ जना सदस्यको चयन साधारणसभाले गर्नेछ । कार्यसमितिमा कम्तिमा २ जना महिला हुनुपर्छ ।
सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन ९डब्लूकेएफ०ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको यो । लामाका अनुसार राखेपमा सोतोकानका ९, गोजुरियोका ६, वादुरियोका ४ र सितोरियोका ३ संघ दर्ता छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]