कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन पाँचौं स्थानमा

चितवन, चैत १०–
सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन पाँचौं स्थानमा परेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार साक्षरता दर बढी हुने जिल्लामा कास्की पछि चितवन पाँचौंमा रहेको छ ।
चितवनको साक्षरता दर ८३।६८ प्रतिशत रहेको छ । जसमध्ये पुरुष ८८।९१ र महिला ७८।७४ प्रतिशत रहेका छन् । साक्षरता दर बढी हुनेमा पहिलो स्थानमा काठमाडौं जिल्ला रहेको छ । काठमाडौंको साक्षरता दर ८९।२३ प्रतिशत रहेको छ । यस्तै दोस्रो स्थानमा रहेको ललितपुरको ८८।०८ प्रतिशत, भक्तपुर ८७।९६ प्रतिशत र कास्की जिल्लाको ८७।७३ प्रतिशत रहेको छ ।
यस्तै कम साक्षरता दर हुने जिल्लामा पहिलो नम्बरमा रौतहट रहेको छ । जहाँको साक्षरता दर ५७।७५ प्रतिशत रहेको छ । महोत्तरीको ५९।७७ प्रतिशत, सर्लाहीको ६०।३१ प्रतिशत, हुम्लाको ६३।८४ प्रतिशत र बाराको ६४।५४ प्रतिशत रहेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]