Listen Live: 

शारदानगरस्थित खुल्ला मैदानलाई बखान स्मृति मिनी रङ्गशाला बनाउने अभियान सुरू

Radio Chitwan
शुक्रबार, चैत्र १०, २०७९

शारदानगर । भरतपुर महानगरपालिका वडा नं–१९, शारदानगरस्थित खुल्ला मैदानलाई बखान स्मृति मिनी रङ्गशाला बनाउने अभियान सुरू भएको छ । नेपालको सहकारीका जन्मदाता तथा तत्कालीन पूर्वकानुनमन्त्री बखानसिंह गुरूङको स्मृतिमा रङ्गशाला निर्माण अभियान थालिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले बहुवर्षीय योजनाअन्तर्गत ५० लाख विनियोजन भई क्षमता विस्तार सुरू गरेको रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय घलेले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले रङ्गशाला निर्माणका निम्ति बजेट उपलब्ध गराउने आश्वासन दिएबमोजिम रङ्गशालालाई बहुवर्षीय योजनामा राखेर फुटबल रङ्गशाला बनाउने उनले बताए ।

पहिलो चरणमा रङ्गशालाको कम्पाउन्ड, पोलको जाली तथा फुटबल ग्राउन्डको काम हुने भन्दै लागतको ३० प्रतिशत समुदायबाटै जुटाउनुपर्ने भएकाले स्थानीय युवाहरु अभियानमा सरिक भएको उनले बताए । रङ्गशाला निर्माणका निम्ति बागमती प्रदेश सरकारबाट १० लाख र भमनपा वडा नं–१९ वडा कार्यालयबाट १३ लाखसमेत विनियोजन भएको अध्यक्ष घलेले बताए ।

शारदा मावि र शहीद स्मारक कलेजको बीचमा रहेको खेलकुद मैदान नमुना बनाउन लामो समयदेखि प्रयास गरिरहेको खेल मैदान संरक्षण समितिका अध्यक्ष अशोक गुरूङले बताए । उनले कुल लागतको केही प्रतिशत समुदायको पहलमा जुटाउनुपर्ने भएकाले पनि सहयोगको अपेक्षा गरिएको बताए ।

सदरमुकामबाहिर रहेका खेलकुद मैदानलाई समेत व्यवस्थित तथा जिल्लास्तरीय गतिविधि सञ्चालन गर्ने गरी पूर्वाधार आवश्यक देखिएकोले रङ्गशालाको निर्माण गरिएको र हाल फुटबलमात्रै भए पनि अन्य खेलहरु पनि खेल्न मिल्ने बनाइने अध्यक्ष गुरूङले बताए ।

बखान स्मृति रङ्गशालामा नै चैत १३ गतेबाट बखान कप खुल्ला नकआउट फुटबल आयोजना हुने भएको छ । भरतपुर–१९ वडा कार्यालय, युवा तथा खेलकुद विकास समिति भरतपुर–१९ र शारदानगर भूपू सैनिक कल्याणकारी संस्थाको आयोजनामा हुने प्रतियोगिता चैत २० गतेसम्म चल्ने भरतपुर–१९ का वडाध्यक्ष प्रकाश तामाङले बताए ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram